
Mbf
Snmbs
Ges
Amb
Dpm
Dbc
Sdc
rgs
snmbs
dpm
Gesld
Pbu
Snmbs


दाङ । देउखुरीको वडा प्रहरी कार्यलय लमहीका प्रहरी प्रमुख राजन पाैडेलले पत्रकार र प्रहरी मिलेर मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको छ ।
दुई दिन पहिले वडा प्रहरी कार्यालय लमहीमा काठमाडौंबाट सरुवा भइ आउनु भएको थियो । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयाेजना गरेर उहाँले यस्ताे बताउनु भएको हाे । पहिलो पल्ट वडा कार्यालय लमहीमा प्रहरी प्रमुख भएर आउनु भएका प्रहरी प्रमुख पाैडेलले भन्नुहुदै यहाँ भएको शान्ति सुरक्षा अमन चयन कायम गर्नका लागि पत्रकार मित्रहरुकाे सदैव साथ र सहयाेगकाे खाचाे रहेकाे बताउनु भयो ।
त्यस्तै उहाँले पत्रकार भनेका समाजका ऐना हुन भन्नुहुदै तपाईंको साथ र सहयाेगले मात्रै साे कार्य संभब भएको ठाेकुवा गर्नु भयाे काठमाडौं रहदा पनि राम्रोसँग कार्य सफलता पुर्वक निर्बाह गरेकाे दाबि गर्नु भएका पाैडेलले यहाँको पनि शान्ति सुरक्षा सफलता पुर्वक नै हुने बिश्वास ब्यक्त गर्नु भयाे । साथी उहाँले पत्रकार र प्रहरी बिच नङ र मासुकाे सम्बन्ध कायम हुनु पर्ने उहाँको जाेड रहेकाे थियाे ।
उहाँ वडा प्रहरी कार्यालय लमहीको २२ औं प्रहरी प्रमुख हुनुहुन्छ । कार्यक्रममा यस क्षेत्रका सबै पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।कार्यक्रममा पत्रकारहरु लिला शाह ,दशरथ घिमिरे,भानु जोशी,राधेश्याम गुप्ता,अाेम प्रकाश गुप्ता,टेकबहादुर पुन,शिवु खनाल,प्रेम बि.क शिवराज खनाल,श्रवण बस्नेत लगायतकाे उपस्थित रहेको थियाे । कार्यक्रमको सहजिकरण कार्यालयका प्रहरी नायब निरक्षक पुरन मल्लले गर्नु भएको थियाे ।
