
Ggp
Pbu
Rgp1
Srbpu
Gfs
pku
Djs
Rgp
Pes
Lnp
Sgr
cjs
Unsku
Ses

Rgu
Rgu
Bbbpu
Ggd
Sbs
Pvg
Ksm
Gst
Hal
Sls
Ssm
Rgs
Vor
Asm
Rsb
nsb
Tsm
Bbu
Wsp

Bml
Pls
Rmb
Gsb
Jmb
sab
Jmb
bbt
Abd
Mks
Ptm
Syp
Rpp
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवनको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा उहाँले अपराध अनुसन्धान शाखा,कार्य तथा विशेष शाखा,महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखाको निरीक्षण गर्नुका साथै नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी लिनु भई थुनुवा कक्ष समेतको निरीक्षण गर्नु भएको थियो ।
उक्त अवसरमा प्रदेश प्रहरी प्रमूख डिआईजीले प्रहरी कर्मचारीहरुलाई आफ्नो आचारण,व्यवहार सुधार गरी कर्तव्यनिष्ट,ईमान्दार र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओलीले निरीक्षणका क्रममा भएका निर्देशन तथा सुझावहरू पालना गर्ने र मातहत प्रहरी कर्मचाहरूलाई समेत अक्षरस पालना गराउने प्रतिज्ञा गर्नुका साथै निरीक्षण भ्रमणको लागि धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।
त्यस्तै औपचारीक कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले गर्नु भएको थियो । सो कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण प्रहरी ईकाइका प्रमुखहरूको उपस्थिति रहेको दाङ प्रहरी प्रमुख ओलीले जानकारी दिनु भएको छ ।

