
Syees
Pbu
Ddhbs
Nssbus7
Ratbs
Gsl
Gsbus
gms
Rbs
Ssbus
dsbus
Csbus
syysr
Bksbus5
Amb
Jsbus

Asm
Rgu
Ksm
Tsm
Gst
Bbbpu
Hal
Rgs
Pvg
Bbu
Sls
Vor
Ggd
Rsb
Sbs
nsb
Ssm
Wsp
Rgu

Bml
Ptm
sab
Jmb
Jmb
Gsb
Abd
Pls
Rmb
Syp
Rpp
bbt
Mks
दाङ । स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बढिरहेको पनि बताइरहँदा राजपुर गाउँपालिकाको नाकाबासीमा भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्।
गर्मी लागेसँगै सर्वसाधारणका घरका इनार, कुवा वा जरुवामा पानी सुक्ने गरेको छ। एक गाग्रो पानीका लागि घन्टौं लाइनमा बस्नुपर्छ। वर्षा लागेपछि धमिलो पानी खानुपर्ने अर्को समस्या छ। राजपुरका नाका र तराईका ग्रामीण भेगमा जनता आर्सेनिकयुक्त पानी खान बाध्य छन्। निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधिहरू आफ्नै सेवासुविधामा लिप्त हुँदा आमनागरिकले पर्याप्त पानी खान नपाएको गुनासो जनताको छ। खै कहाँ छ सरकार, हिजाे चुनावकाे बेला जनताको दैलाेमा पुगेर भाेट माग्ने जाने अहिले चुनावमा निर्वाचित भइसकेपछि जनताको समस्या बुझ्न जनताको घरदैलोमा पुग्नु पर्छ” कि पर्दैन ? यहि हाे गाउँ नगरमा पुगेको सिंहदरबार ?
यस्तै राजपुर गाउँपालिका वडा नं १ काे सुकौली नाकामा रहेको श्री बाल अधिकार प्राविका प्रधानाध्यापक डिल्ली राम यादवले आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ “राजपुर गाउँपालिका वडा नं १ सुकौली नाकामा रहेका खानेपानीको मुहान र कुवाहरू सबै सुकिएको छन्। राती १२ बजेसम्म देखी लाइनमा बस्नु परेको छ। नाकाका गाउँहरुमा खाना पकाउनका लागि पानी छैन् निकै कष्ट परेको छ। स्कुलमा विद्यार्थीलाई पिउने पानी छैन् पानी लिन जाने नजिकमा कहीं मुहान छैन् पानी बिना भोकै बस्ने समस्या भएको छ। नेपाल सरकारको स्थानिय सरकारहरू कहाँ सुतेको छन्? गाउँमा नत कुनै विकास छ नत पिउने पानी?
गाउँदेखि टाढा रहेको मुहानमा पुगेर पानी भर्नुपर्ने समस्या स्थानीयलाई छ। नजिकै मुहान नहुनु यहाँको मुख्य समस्या हो। यही विषयलाई लिएर वडा नं १ का वडा अध्यक्ष श्री सुर्य प्रसाद चौधरीसँग कुराकानी गर्दा उहाँले नाका क्षेत्रमा खानेपानीको समस्या जटिल रहेकै हो सुकौली नाकामा जम्मा २ वटा मात्र कुवा छ तर खानेपानी संरचना बनिसकेको कारणले आफुले यस बिषयमा जनश्रमदान बाहेक अरु कुनै विकल्प नरहेको बताउनुभयो। गाउँलेले बिग्रेका भत्केका संरचनाहरू सबै मिलेर जनश्रमदान गरि बनाएर समस्याकाे समाधान हुन सक्ने बताउनुभयो।
उहाँले वडामा जम्मा बजेट २२ लाख छुट्याइएकोले त्यसले धान्न नसक्ने भएकाेले विकास गर्न एकदम गर्हो भएको र पालिकाले यस् बिषयमा कुनै चासो नलिने हुँदा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्नुभयो। एक नं वडाकाे सिरिया र सुकौली नाकाबासीको लागि खानेपानीकाे धारा घर-घरमा पुगेत पनि समस्या अन्योल नै छ । त्यहाँ अलि गाउँले विवादका कारण धारा भएत पनि सिरियाका बासीले उपयोग गरिरहेका तर सुकौली नाकामा वञ्चित भएकाे अवस्था छ। उहाँले डिङ बोरिङको डि. पि. आर. समेत भइसकेको जानकारी दिनुभयो।
याे दृश्य राजपुर गाउँपालिका वडा नं. १ सुकाैली नाकाकाे हाे । कुवाभित्र पसेर एकजना बालकले कचाैराबाट बाल्टीनमा पानी संकलन गर्दै गरेका देखिएकाे छ। खानेपानी सम्बन्धित् देखिएका केही पिडादायी तस्बिरहरू:

