
cjs
Pes
Lnp
Sgr
Djs
Rgp
Ggp
Rgp1
Unsku
Ses
Gfs
Srbpu
pku
Pbu

Wsp
Rgu
Asm
Rsb
Ssm
Bbbpu
Tsm
Sls
Rgu
Vor
Ksm
Hal
nsb
Rgs
Ggd
Sbs
Bbu
Pvg
Gst

Jmb
bbt
Ptm
Jmb
Bml
Rpp
Rmb
Mks
Pls
Abd
sab
Gsb
Syp
दाङ । दाङको घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा अमेरिका जान चाहेकाले मेसो मिलाइदिन आग्रह गरिन्। उनको प्रस्ताव पारित भयो। दुई दिदीबहिनीसँगै अमेरिका जाने निर्णयमा पुगे । सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फाराम भर्न काठमाडौं बोलाइयो ।
त्यस्तै उनीहरूले फाराम भरे, ५–५ लाख रूपैयाँ पनि बुढाथोकीको हातमा थमाइदिए। सविनाले भनिन्, ‘फाराम भर्नुपर्छ भनेर भर्न लगाए।’ उनीहरूलाई सहजै अमरिका पुर्याउने भन्दै बिचौलियाको भूमिका खेलेका व्यक्ति हुन् बुढाथोकी। ‘अमेरिका जाने तयारीमा रहेकी दिदीलाई मैले मलाई पनि लैजान भनिदिनुस् भनेर अनुरोध गरें,’ सविनाले भनिन्, ‘दिदीले कुरा गरिदिनुभएछ । अनि मलाई पनि दिदीसँगै अमेरिका जाने तयारी गर्न भनियो, काठमाडौं गएर फाराम भर्न भनियोे, फाराम भरेपछि ५–५ लाख रूपैयाँ हामीले बुझायौं।’ तीन महिनापछि २०७८ असार दोस्रो सातातिर उनीहरूलाई चितवनमा बोलाइयो। त्यो बेला अन्तर्वार्ता भन्दै बोलाइएको थियो। लकडाउनका बेला भएकाले बुढाथोकीले गाडीको पास बनाइदिए ।
यसैगरी चितवन पुगेका उनीहरूलाई चितवनको एक होटेलमा राखियो । ‘राति १२ बजेतिर चितवनको एक होटेलमा लगियो, अन्तर्वार्ता छ भनेर हामीलाई रातारात बोलाइएको थियो,’ उनले भनिन्, ‘सरकारी कर्मचारीको ड्रेस लगाएका मान्छे थिए, उनीहरूले पनि हामीलाई भुटानी शरणार्थी बनेर सजिलै अमेरिका जान सकिने बताए ।’ त्यो होटेल रामबहादुर थापाले सञ्चालन गरेको भनिएको थियो। त्यो बेला उनीहरूले फेरि १०–१० लाख रूपैयाँ बुझाए । उनीहरू चितवनबाट घर फर्किए। फेरि सोही वर्षको कात्तिकमा उनीहरूलाई विराटनगर बोलाइयो। उनीहरूलाई त्यतिखेर भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले लिन भन्दै विराटनगर बोलाइएको थियो। विराटनगर बोलाउनेले भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले मेडिकल जाँच गर्न लगाए। सविनाले त्यो बेला आफूले फेरि ३० लाख रूपैयाँ बुझाएको बताइन्।
यस्तै ‘सबै गरेर मैले ४५ लाख रूपैयाँ बुझाएँ, विराटनगरमा मेडिकल जाँच गरेपछि हामीलाई घर फर्कन भनियो र दुईचार दिनमै अमेरिका उड्ने भनियो।’ तर सविना दिदीबहिनीको अमेरिका उडान भएन। भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग जोडिएका बुढाथोकी फरार भए। ‘आज होला भन्यो भएन, भोलि होला भन्यो भएन, हामीलाई अमेरिका पठाइदिने भनेका मान्छे ९गजेन्द्र बुढाथोकी० सम्पर्कविहीन भए,’ सविनाले भनिन्, ‘बुझाएको ४५ लाख रूपैयाँ पनि फिर्ता भएको छैन।’ उनकी दिदीले भने ३५ लाख रूपैयाँ बुझाएकी रहिछन्। सविना दिदीबहिनीसहित ६० जना दङालीको लाखौं रकम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दा गर्ने गिरोहले लियो।
त्यस्तै तुलसीपुरका समीर केसी (नाम परिवर्तन) ले पनि भुटानी शरणार्थी बनेर अमेरिका जाने प्रलोभनमा २० लाख रूपैयाँ डुबाएका छन्। बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर भएको र उनले सहजै अमेरिका पुर्याइदिने आशामा समीरले पैसा बुझाएका थिए। ‘गजेन्द्र बुढाथोकी अमेरिकाको ग्रिनकार्ड होल्डर भएकाले उनले सजिलै अमेरिका पुर्याउँछन् भन्ने लागेर पैसा बुझाएको थिएँ,’ केसीले भने, ‘तर ठगको फेला परिएछ, २० लाख रूपैयाँ डुब्यो।’ उनलाई पनि सबिनालाई जस्तै फाराम भर्न भनेर काठमाडौं, अन्तर्वार्ता भनेर चितवन र परिचयपत्र लिन र मेडिकल जाँच भनेर विराटनगर बोलाइएको थियो। केसीका अनुसार चितवनमा उनलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो। अमेरिका जाने भनेर सुरुमा दाङका ६० जना गिरोहको सम्पर्कमा पुगेका थिए। त्यसपछि पनि दाङका १०/१५ जना गिरोहको सम्पर्कमा पुगेको देखिन्छ । नागरिक दैनिकबाट
