
Gfs
Pbu
Ggp
Ses
pku
Djs
Pes
Rgp
Sgr
cjs
Unsku
Rgp1
Srbpu
Lnp

Bbu
Rgu
Ggd
Vor
Gst
Tsm
nsb
Hal
Ksm
Sls
Rsb
Asm
Wsp
Bbbpu
Rgs
Sbs
Pvg
Ssm
Rgu

Syp
Pls
Ptm
sab
Gsb
Rpp
Mks
bbt
Bml
Rmb
Jmb
Abd
Jmb
दाङ । दाङको दुई गाउँपालिकादेखि ५ लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरीले पुर्वमा राप्ती गाउँपालिकाबाट १० र पश्चिमको बबई गाउँपालिकाबाट ८ जना गरी १८ जना जुवाडेलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राप्ती–७ का ३७ वर्षिय दिपेन्द्रविक्रम शाह,राप्ती–५ का २९ वर्षिय मोहन गाहामगर, रोल्पाको सुनिलस्मिृति गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय नारायण रोकामगर,राप्ती गाउँपालिका वडा नम्बर ८ का ३० वर्षिय श्याम गुरुङ रहेका छन् ।
त्यसैगरी राप्ती–२ का २८ वर्षिय बसन्त बेलबासे,वडा नम्बर ४ का ३० वर्षिय लक्ष्मण गिरी, वडा न्मरब ५ का ३० वर्षिय छोटेलाल चौधरी, वडा नम्बर ८ का ४५ वर्षिय बेलसिंह भैयामगर र वडा नम्बर २ का ३८ वर्षिय युवराज बुढा पक्राउ परेका छन् । प्रहरीले उनिहरुको साथबाट २ लाख ६० हजार १२५ नगद र ४६ गड्डी तास बरामद गरेको छ ।
यस्तै प्रहरीले पश्चिम दाङको धनुबासबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले बबई गाउँपालिका वडा नम्बर ३ धनुबास स्थिति केशब भन्ने केशकुमार विकको घरमा जुवा खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९ सय ९० नगदसहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घर धनि केशकुमार बिक, सोहि ठाँउका ४३ वर्षिय लोकबहादुर खड्का,४९ वर्षका पर्साराम बिक,२४ वर्षका शेरबहादुर बिक र प्रेम पुन,बबई–४ सुन्दरखालका ३२ वर्षिय बिमल भन्ने बिनबहादुर घर्ती,२९ वर्षका बिक्कि नेपाली र २९ वर्षिय भिमबहादुर भन्ने भाइलाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताउनुभयो । कोरोना महामारीमा पनि जुवाडहरु पछिल्लो समय सक्रिय भएका छन् । प्रहरीले जुवा खेलिरहको स्थानबाट नगदसहित जुवाडे पक्राउ गर्न थालेको हो ।
