
Lnp
Ses
cjs
Pbu
Rgp
Gfs
Djs
pku
Pes
Ggp
Srbpu
Sgr
Unsku
Rgp1

Pvg
Bbu
Rgu
Ssm
Sls
Sbs
Hal
Gst
Rsb
Ksm
Rgu
Asm
Vor
Tsm
Bbbpu
Rgs
Ggd
nsb
Wsp

Pls
Abd
Rpp
Mks
Jmb
Jmb
Gsb
Rmb
Bml
Ptm
bbt
sab
Syp
दाङ । बुढ्यौली छ उमेर । नयाँ ठाउँ हेर्ने रहर मनमा अनेक छन । उमेर बूढो भएपनि अबलोकन गर्ने ईच्छा मनमा जिवित नै छन । गरिब जिन्दगी । सबैसँग भ्रमणमा जानसक्ने हैसियत कहाँ हुन्छ र!
सरकारले दिने बृद्वभत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबस्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । मनमा रहर भएपनि दवाएर बस्नुपर्ने जेष्ठ नागरिकको पीडा कम्ती छैन !
तिनै जेष्ठ आमा बुवालाई लिएर दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधी हरु तिर्थ यात्रामा निस्किएका छन् । प्युठान स्थित स्वर्गद्वारी आश्रमको अबलोकनका निम्ति वडाका ४५ जना आमाबुवा सहित अबलोकनमा निस्किएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखराज थापाले बताए ।
उनले भने स्वर्गद्वारी नाम सुनेका तर कहिल्यै नगएका आमा-बुवाको लागि अबस्य नयाँ ठाउँ हो,नयाँ ठाउँको भ्रमण गराउनु आफ्नो दायित्व सम्झेको छु । ‘धार्मिक क्षेत्रको दर्शन हुनुका साथै आमा-बुवाको घुम्ने रहर पूरा गर्ने कोसिस गरेका हौँ अध्यक्ष थापाले भने-आमा-बुवा भएर नै हामी छौँ,उहाँहरुको आबस्यक्ता पुर्ती गर्नु हाम्रो दायित्व हो ।’उनले जेष्ठ आमा-बुवाका निम्ती प्रत्यक वर्ष फरक कार्यक्रम लिएर आउने बताए ।
त्यस्तै वडा कार्यलयले स्वर्गद्वारी दर्शनका लागि आफुहरुलाई लिएर आएकोमा जेष्ठ नागरिकहरु हर्षित छन् । धार्मिक क्षेत्र घुम्न र दर्शन गर्न रुचाउने आमा-बुवाका लागि यो कार्यक्रम अबसर बनेको छ । बुढेसकालमा पनि नयाँ ठाउँ घुम्न र देख्न पाउँदा छुट्टै उमँग छाएको जेष्ठ नागरिक ८० वर्षीय ईन्द्रलाल जैशिले बताए । उनिले आफुहरुका रहरहरु पुर्तीका लागि यस्तो कार्यक्रम लिएर आउने वडाध्यक्षलाई धन्यबाद ज्ञापन गरे ।
