
cjs
Srbpu
Rgp1
Pes
Ggp
pku
Unsku
Ses
Rgp
Lnp
Pbu
Djs
Gfs
Sgr

Rsb
nsb
Rgu
Pvg
Bbu
Sls
Tsm
Sbs
Gst
Ssm
Ksm
Rgs
Ggd
Wsp
Vor
Asm
Hal
Bbbpu
Rgu

Ptm
Gsb
Rmb
Pls
Jmb
bbt
Rpp
Abd
sab
Bml
Syp
Mks
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ लाहुरेचौरमा पिकअ जिप र मोटरसाइकल ठोक्किएर सडबाट करिब एक सय मिटर तल खस्दा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-९
थर्कुडाँडा निवासी ३८ वर्षका मेघराज योगी, जिप चालक सल्यानको कपुरकोट गाउँपालिका-५ सलाम निवासी १९ वर्षका जोगेन्द्र बालन मगर,सहचालक तुलसीपुर-५ निवासी १७ वर्षका रविन पुन,जिपमा सवार तुलसीपुर-३ राम्री निवासी १७ वर्षकी शारदा केसी र सोही ठाउँ निवासी लोकबहादुर खत्रीको छोरा १० वर्षका तेजबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते ५ जना मध्य मेघराज,तेजबहादुर र सारदाको अवस्था गम्भिर रहेको र उनिहरुलाई नेपालगंज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । राप्ती राजमार्ग अन्तर्गत कपुरकोटबाट तुलसीपुर तर्फ आउदै गरेको रा१च ३२१ नम्बरको जिप र तुलसीपुरबाट कपुरकोट जाँदै गरेको रा१प १६ नम्बरको मोटरसाइकल ठोक्किएर सडकबाट तल खोलामा खसेका थिए ।
