Sidha Patra शुक्रबार, बैशाख २२, २०८०

दाङ । घोराहीमा मोटरसाइकल चोरी गर्ने एक युवक मोटरसाइकल सहित पक्राउ परेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने अशोक न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।त्यस्तै प्रहरीले उनलाई बुधबार बेलुका सवा ६ बजेतिर घोराही उपमहानगरपालिका-३ भैसकुर स्थित शिवमन्दिर नजिक जिल्ला प्यूठान गौमुखी गाउँपालिका-३ का वर्ष २२ का न्यौपाने लु ९१ प २०४० नम्बरको मोटरसाइकलको पछाडिको नम्बर प्लेट परिवर्तन गरी रा ७ प ५४४२ नम्बर राख्दै गरेको अवस्थामा फेला परेका थिए ।

यस्तै बुधबार बिहान करिब पौने १० बजेतिर घोराही उपमहानगरपालिका-१७ गुलरिया पानी ट्याङ्की स्थित भूप बहादुर चौधरीले घर अगाडि पार्किङ गरि राखेको लु ९१ प २०४० नम्बरको मोटरसाइकल चोरी भएको थियो । न्यौपानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङले दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुन्सन्धान गरिरहेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]