Sidha Patra शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिए । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।

त्यस्तै ‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा त्यस्तो ग्रेड प्राप्त गर्नेले सबै विषयमा पुनः परीक्षा दिनुपर्ने हुन्थ्यो । गत वर्ष यस्तो सुविधा पाउनेमा ५६ हजार परीक्षार्थी थिए । नयाँ निर्णयबाट उनीहरूलाई पनि राहत मिलेको छ । अब उनीहरूले सबै विषयमा परीक्षा दिइरहनुनपर्ने भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]