
Srbpu
cjs
Pbu
Sgr
Ses
pku
Pes
Ggp
Djs
Rgp1
Rgp
Gfs
Unsku
Lnp

Tsm
Rgs
Bbbpu
Ggd
Sls
Hal
Ksm
Pvg
Rgu
Gst
Rsb
Sbs
nsb
Rgu
Bbu
Asm
Wsp
Vor
Ssm

bbt
Mks
Pls
Abd
Bml
Ptm
Rpp
sab
Rmb
Syp
Jmb
Gsb
Jmb
दाङ । गुरुकुल एकेडेमी घोराहीकाकक्षा १० का बिद्यार्थिहरु दीपेश वली र कक्षा ९ प्रज्ञा अधिकारी निर्वाचन प्रक्रियाबाट कप्तानतथा उपकप्तानमा छनौट भएका छन् ।
लोकतान्त्रीक विधि उच्च प्रतीस्पर्धा,मतदान शिक्षा, मतपरीणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान दिनका लागि बिद्यार्थिहरुलाई चुनावी माहोलमा अव्ययस्थ बनाउनको लागि बिद्यालयले कप्तान,उपकप्तान तथा सदन कप्तान र उपकप्तान चुनेको हो ।
विद्यालयका अनुशासन संयोजक थिन्ले वाङदी भुटिया मुख्य निर्वाचन अधिकृत भएर गरीएको निर्वाचनमा कप्तानतर्फ ३ जना र उपकप्तानतर्फ ४ जनाले भाग लिएका थिए । कुल २६८ मत खसेकोमा कप्तानतर्फ विद्यार्थीहरु प्रक्षित खड्का १० मत, र उत्सव पोख्रेल १२४ मत लिएका थिए भने दीपेश वलीले १२५ मत लिएर विजय भएका हुन् ।
यसैगरी उपकप्तान तर्फ गौरी पोख्रेलले ७१ मत,पुष्पा पुनले ५६ मत र परी महराले ४८ मतलिएका थिए भने प्रज्ञा अधिकारीले ८० मत लिएर निर्वाचित भएकि थिइन । कप्तानतर्फ दीपेश वलीले आफ्ना निकटतम प्रतिद्वन्दी उत्सव पोख्रेलसंग १ मतको मतान्तरले विजय भएका छन् भने उपकप्तान तर्फ ९ मतको मतान्तरमा प्रज्ञा अधिकारी विजयी भएकि हुन् । कप्तान र उपकप्तानको चुनावमा मत संख्या २९० जनामा २६८ मत खसेको थियो ।
त्यस्तै कप्तानतर्फ र उपकप्तान तर्फ जम्मा ५ मत बदर भएको थियो । विद्यालयका अनुशासन संयोजक तथा निर्वाचन अधिकृत थिन्ले वाङदि भुटियाले जानकारी दिनु भयो । विद्यालयका शिक्षकहरु अरबिन्द अधिकारी,आशा चौधरी,भुवन आचार्य लालबहादुर रावत र संजय रोका मतदान सहायकको रुपमा खटिनु भएको थियो भने शिक्षकहरु इशा राणाक्षेत्रि, संगिता बस्नेत,शान्ता आचार्य निर्वाचिन आयोगका समितिको रुपमा खटिनु भएको थियो ।
यसैगरी विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले कार्यसम्पादन गर्नु भएकोथियो । पर्यवेक्षकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी र प्रधानाध्यापक डा.कृष्णराज डिसी रहनु भएको थियो । विजयी विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरे र प्रधानाध्यापक डा.कृष्णराज डिसीले गराउनु भएको थियो । त्यसैगरी गुरुकुल एकेडेमीका विद्यार्थीहरुको ४ समुहमा बिभाजन गरीएको छ । यि ४ समुहको पनि कप्तान तथा उपकप्तान यहीँ निर्वाचनबाट चुनिएका छन् ।
त्यस्तै रुवि समुहको कप्तामा अंशु खनाल ४९ र उपकप्तानमा प्रज्ञा थापा ३९ निर्वाचित भएका छन् । यसैगरी एमरल्ड समुहको कप्तानमा एलोन केसि ३७ र उपकप्तानमा प्रेगेन्द्र बस्नेत ४६ ,सफायर समुहको कप्तानमा एन्जस चन्द ४० र उपकप्तानमा कृतज्ञ अधिकारी ४० र टोपाज समुहमा कप्तान कुन्दन केसि ४५ र उपकप्तान अनुभव पाण्डे २५ मतका साथ निर्वाचित भएका छन् ।
निर्वाचनको सम्पूर्ण ब्यबस्थापन विद्यालयका नेपाली विषयका बिभागिय प्रमुख तथा शिक्षक विवेक देवकोटाले गर्नु भएको थियो भने सहायक प्रधनाध्यापक मुकुन्द गिरीको संयोजकत्वमा निर्वाचन भएको थियो । नव निर्वाचित कप्तान तथा उपकप्तानहरुले विद्यालयको अनुशासन र अन्य गतिविधि सुधार गर्नको लागि महत्वपूर्ण भुमिका रहने विद्यालयको बिश्वास रहेको छ ।

