तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, बैशाख २१, २०८०

दाङ । राप्ती गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरुद्वारा बुधबार मृगौला पीडित घर्तीको घर निर्माणका लागि श्रमदान गरि सहयोग गरेका छन्।

उनीहरुले पालिकाकाे वडा नम्बर तीन नयाँबस्ती निवासी मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरकाे घर बनाउने कार्यमा श्रमदान गरि सहयोग गरेका हुन्। अहिले उनकाे करिब एक कठ्ठा ऐलानी जग्गामा घर निर्माण कार्य थालिएको छ।

२८ वर्षिय घर्ती विगत एक वर्ष देखि मृगौला राेगबाट ग्रसित रहेका छन् । हाल उनी दुई छाेरा र श्रीमती सहित अरुकाे घर भाडामा बस्दै आएका छन् । घर मूली नै राेगले थलिए पछि दैनिक गुजारा चलाउन समेत मुस्किल परेकाे उनकाे भनाइ छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत वर्ष कतार गएकै चालिस दिनमा घर फर्किएका थिए । अहिले विदेश जादा लागेकाे ऋण तिर्न समेत समस्या भएको उनले बताएका छन् ।त्यस्तै उक्त श्रमदान कार्यमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेल,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा सदस्य ईश्वरी परियार,समाजसेवीहरु गाेविन्द अधिकारी, तुला गिरी,झग्गु अधिकारी,सरद गिरी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]