
Gfs
Sgr
Rgp
Pbu
Ggp
pku
Srbpu
Pes
Rgp1
Ses
Djs
cjs
Unsku
Lnp

Sls
Ksm
Ggd
Gst
Rgs
Rsb
Hal
Tsm
Rgu
Asm
nsb
Vor
Pvg
Wsp
Rgu
Sbs
Bbbpu
Ssm
Bbu

Bml
Jmb
Ptm
sab
Gsb
Jmb
Syp
Rmb
bbt
Abd
Mks
Pls
Rpp
दाङ । देउखुरी राजपुर गाउँपालिका गाउँ शिक्षा समितिले ३ निर्णय सहित आफ्नो बैठक शुक्रबार सम्पन्न गरेको छ ।
समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालय संचालन सम्बन्धमा राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७७/६ महिना १४ गतेको बैठकबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्ने गरि आफ्नो विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई संचालन गर्न दिने निर्णय भएको हुँदा सोही बमोजिम नेपाल सरकार शिक्षा बिज्ञान प्रविधि मन्त्रालयको मिति २०७७/५/१९ को मा मन्त्री स्तरीय निर्णय अनुसार स्वीकृत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७,१ बमोजिम हालको अबस्थामा विद्यालयहरुले स्वयं व्यवस्थापन गर्ने गरि स्वास्थ्य सुरक्षाको मापदण्ड र सामाजिक दुरि कायम गरि अनिवार्य रुपमा विद्यार्थी सिकाइ सहजीकरणका क्रियाकलापहरु संचालन गर्न निर्देशन गर्ने र यो निर्णय संस्थागत विद्यालयको हकमा समेत लागू हुने सो सम्बन्धमा गाउँपालिका र शिक्षा समितिबाट नियमित अनुगमन गर्ने निर्णय भएको छ भने शिक्षक दरबन्दी मिलान,विद्यालयको वार्षिक एकमुष्ट अनुदान सम्बन्धि बिशेष छलफल गरि निर्णय पारित भएको हो ।
बैठकमा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,७ का अध्यक्ष भिमबहादुर खड्का,३ का अध्यक्ष रामछोरे यादव,राजपुर शिक्षा शाखा प्रमुख तथा गाउँ शिक्षा समितिका सचिब केशव लम्साल कार्यपालिका सदस्य दिलमती वली लगायत अन्य समितिका सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकलाई समापन गर्दै अध्यक्ष केसीले आजको छलफल बैठक धेरै उपलब्धि मुलक रहेको बताउनु भएको छ । समितिका सम्पुर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै उहाँले आगामी दिनहरुमा राजपुरको शिक्षालाई गुणस्तरीयता बनाउनको लागि समितिको बैठक बस्दा थोरै प्रस्तावहरु बैठकमा पेश गर्ने र सो प्रस्तावलाई छलफल द्वारा निर्णय गरि कार्यान्वयन तिर लैजानु पर्नेमा जोड्दिनु भएको हो । त्यस्तै उहाँले अहिले कोभिड उन्नाइसको समय रहेको हुँदा यो समयमा शिक्षक, अभिभावक र शिक्षा संग सम्बन्धित सबै सरोकारवाला निकाय सचेत भएर शिक्षा संचालन र व्यवस्थापनमा जुटेर लाग्नु पर्ने बताउनु भएको थियो ।
