
Rgp
Lnp
Gfs
cjs
Djs
Ggp
Pbu
Pes
Ses
Sgr
Unsku
pku
Rgp1
Srbpu

Ksm
Wsp
Asm
Sls
Tsm
Gst
Rsb
Sbs
Ggd
Ssm
nsb
Bbu
Pvg
Hal
Bbbpu
Rgu
Rgs
Rgu
Vor

Abd
Jmb
Syp
bbt
Bml
Gsb
Pls
Rpp
Rmb
Ptm
sab
Mks
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन्।
गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नाै र अर्को वर्ष दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले साे सुविधा पाएका हुन्।
यस अघि साे क्षेत्रमा माध्यमिक तहसम्मको पढाइ सञ्चालन नहुदा विद्यार्थीहरुलाई घण्टाैकाे दुरीमा पर्ने सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ,शंकर माध्यमिक विद्यालय पिपरी लगायतका विद्यालयहरुमा पढ्न जानू पर्ने बाध्यता रहेको थियो । खुशी हुँदै कक्षा नाैमा भर्ना भएकी विद्यार्थी करिष्मा थापा मगरले भनिन्-“कक्षा आठ पूरा गरेर देउखुरी पढ्न जानू पर्ने बाध्यता थियाे,भाडाका काेठा पाउनै मुस्किल ,पाई हाले पनि महङ्गो भाडा तिर्नु बाध्यता थियोे, अब त आफ्नै गाउँमा पढ्न पाइने भयाे।”
यसैगरी साे विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगरले विगतमा विद्यार्थीहरुलाई अन्यत्र पढ्न जानू पर्दा विभिन्न समस्या भाेग्नु परेको र बालबालिकाहरूमा अभिभावकहरुकाे निगरानी समेत नहुदै कुलतमा फस्ने गरेकाे बताउनु भयो । यस अघि विद्यालय नजिक नभएकै कारण कतिपय न्यून आर्थिक अवस्था भएका घरपरिवारका विद्यार्थीहरुले आधारभूत तह सम्मको मात्रै पढाई पुरा गरि मजदुरी गर्न जाने गरेकाे विद्यालयका प्रधानाध्यापक हरिलाल दर्लामी मगरले बताउनुभयो।
त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विकट गाउँका बालबालिकाहरू शिक्षा बाट बन्चित हुन नपरोस् र उनीहरुले सहजरूपले शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने मान्यताका साथ उक्त क्षेत्रमा कक्षा थपको अनुमति प्रदान गरिएको बताउनु भयो । उक्त विद्यालयमा पालिकाले विद्यालय अनुगमन कार्यक्रम कटौती गरी चार जना शिक्षक व्यवस्थापन गर्न लागेको पालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ।
हाल उक्त विद्यालयमा करङ्गेकाेट,पुनखाेला,चित्रिकाेट, थकरीकाट, घाेग्लेआँप, सिस्नेखुटी सहित बङ्गलाचुलीका केही विद्यार्थीहरु गरि करिब तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन्। गाउँमै माध्यमिक तहसम्मको पढाइ हुने भए पछि अभिभावकहरु समेत खुशी भएका छन् ।
