दिनेश रैदाश आइतबार, बैशाख १७, २०८०

दाङ । डिभिजन वन कार्यालय लमही दाङ देउखुरीको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे सव डिभिजन वन कार्यालय अन्तर्गत १२ वटा समुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूलाई एक दिने अनुशिक्षण कार्यक्रम शनिबार मलमलामा सम्पन्न भएको छ।

समुदायिक वन उपभोक्ता समुहको विधान तथा कार्य योजना कार्यान्वयन सम्बन्धी डिभिजन वन लमही दाङका प्रमुख राजु क्षेत्रीले समुदायिक वनको नियमावली,वन एन र कार्य योजना कार्यान्वयन सम्बन्धी विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो।

त्यसैगरी डिभिजन वन कार्यालय लमही दाङका सहायक वन अधिकृत टेकन आचार्यले वन सम्बन्धन प्रणाली र वन संरक्षक सम्वन्धी प्रशिक्षण गर्नु भएको थियो । सव डिभिजन वन कार्यालय कालाकाटेका सहायक वन अधिकृत भानुभक्त बस्यालको सहजीकरणमा सव डिभिजन वन कार्यालय कालाकाटे अन्तर्गतका जनसेवा,बाग्दुला दमार, जनप्रिय,सूर्य, जनशक्ति,कुलापानी,जागृति महिला, बनसत्ती,लखपति, शान्ति,महादेव,चिमचिमे हर्याली समुदायिक वन उपभोक्ता समुहहरुका ३३ जना पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]