
Ggp
Pbu
Rgp1
Srbpu
Gfs
Lnp
Pes
Ses
Sgr
pku
Unsku
cjs
Rgp
Djs

Wsp
Ssm
Bbbpu
Asm
Tsm
Sls
nsb
Rgu
Bbu
Ggd
Sbs
Hal
Ksm
Rgu
Pvg
Vor
Gst
Rgs
Rsb

sab
Bml
Ptm
Syp
Rpp
Rmb
Gsb
bbt
Jmb
Mks
Abd
Jmb
Pls
दाङ । दाङको घोराहीमा उपमहानगरपालीका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमीको आयोजनामा गुरुकुल ऐकेडेमी विद्यालयका अभिभावकका लागि मोटिभेसनल कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
घोराहीमा रहेको बहुउद्देश्यीय सभागृहको सभाहलमा एक कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो । बालबालिकालाई पूर्ण मानव बनाउनका लागि विद्यार्थीहरूमा उमेरअनुसार भविष्यको बारेमा चिन्तन गर्न सक्ने,आध्यात्मिक मनन गर्न सक्ने,विषयवस्तुहरूलाई गम्भिर रुपमा लिन,जिम्मेवारीको भूमिका निर्वाह गर्न,पढाइ लेखाइप्रति चासो राख्न सक्ने, पठनपाठन तथा सिपको विकास गर्न,मोबाइलमा कम ध्यान केन्द्रित गर्न,रचनात्मक कार्यहरुमा अभिरुची पैदा गर्न, घरपरिवार र समाजप्रतिको दायित्व बुझ्न,एउटै कामलाई पटक पटक भन्न नपर्ने गराउन,सानो प्रयासमै सुधार गर्न सक्ने बनाउन,खराब सँगतमा नलाग्न अभिप्रेरीत गर्न,लागुऔषध तथा दुर्व्यसनतर्फ ध्यानाकर्षित नगर्न र बच्चाहरूलाई केही सिक्नको लागि उसलाई जिम्मेवारी पनि प्रदान गर्नका लागि विद्यालय परिवार र अभिभावक बेलैमा सजग हुनका लागि अभिभावक,विद्यालय,शिक्षक र विद्यार्थीको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा आज कार्यक्रमको आयोजना गरिएको विद्यालयका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले बताउनुभयो ।
घोराहीमा रहेको बहुउद्धेश्यीय सभाहलमा भएको कार्यक्रममा देशका विभिन्न स्थानहरुमा मोटिभेसनल तालिम दिनुभएका मोटिभेटर डां तारा प्रसाद गिरि (तारा जि)ले असल अभिभावकहरुले वहन गर्नुपर्ने जिम्मेवारी र आफ्ना छोराछोरीहरुसँग राख्नुपर्ने सम्बन्धका विषयमा आफ्नो प्रिजेन्टेसन दिनुभएको थियो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डां. कृष्णराज डिसिको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले विगत ८ वर्षमा गरेको प्रगति र आगामि वर्षमा गर्ने योजनाको वारेमा प्रकाश पार्नुभएको थियो । गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका आईएसय संयोजक तथा शिक्षक ईन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सात सय बढी अभिभावकहरूको सहभागीता रहेको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरिले बताउनुभयो ।गुरुकुल एकेडेमीमा पठन पाठनमा मल्टिमिडियाको प्रयोग,नियमित योग,संस्कार,संचालन,मासिक अभिभावक अनलाइन शिक्षा र अन्तरकृया संचालन,सबै कक्षाहरुको पठन पानठनलाई सि.सि. टिभिबाट निगरानी,विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरुको संचालन,तोकिएको संख्यामा सिमित संख्या मात्र कक्षाकोठामा राखिने, आकर्षक छात्रवृत्तिका कार्यव्रmमहरु,विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक डां. कृष्णराज डिसिले जानकारि दिनुभयो ।
आज भएको कार्यक्रममा अनुशासनको बारेमा विद्यालयका अनुशासन संयोजक थिन्ले वाङ्दी भुटियाले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको ब्यबस्थापन पनि संयोजक भुटियाले गर्नुभएको थियो । मोटिभेसनल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर वलिले बालबालिका जुन सुकै बेला पनि कुलतमा फस्न सक्ने भन्दै अभिभावकलाई सचेत बनाउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसि र निवर्तमान अध्यक्ष सविन प्रियासनले आफ्ना बालबालिका प्रति अभिभावकको महत्वपूर्ण भूमिका रहेको भन्दै बाबालिकालाई नकारात्मक असर पर्ने काम गर्न नहुने बताउनु भएको थियो । बिद्यालयको तर्फबाट प्लस टु संयोजक निमानन्द गैरे,ब्यबस्थापन संयोजक कृष्णदेव थापा,विज्ञान संयोजक अजय शाह लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिद्यार्थिहरुको बिभिन्न नृत्य पनि राखिएको थियो भने कार्यक्रम बिद्यालयका नेपाली विषयका शिक्षक तथा बिभागिय प्रमुख विवेक देवकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

