भानु जोशी/लमही शनिबार, बैशाख १६, २०८०

दाङ । एडिबीको आर्थिक सहयोग र सहरी विकास मन्त्रालयद्वारा विनियोजित कुल २० लाखको बजेटमा लमही नगरपालिका वडा नम्बर ८ भतरकुण्डा आधारभूत विद्यालयको प्राङ्गणलाई फराकिलो तथा व्यवस्थापन गर्नका लागि माटो फिल्डिङ गर्ने र पर्खाल लगाउने कार्य भइरहेको छ ।तर उक्त कार्य गर्नका लागि पहिले योजनाको बारेमा प्रष्ट बुझिनेगरि सूचना बोर्ड राख्नुपर्ने र इस्टिमेट अनुसार काम गर्नुपर्नेमा त्यसो नभएको भनि स्थानीय प्रदीप परियारले गुनासो गरेका छन् । बारम्बार मैले योजनाको इस्टिमेट माग्दा नदिएको र स्थानीयलाई रोजगार दिने ठाउँमा मेसिनद्वारा काम गरेको भन्दै परियारले गुनासो पोखेका हुन् ।

त्यस्तै यस बारेमा लमही नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा भतरकुण्डा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीलाई बुझ्दा उनले सूचना बोर्ड राख्नमा भुल भएको स्वीकारेका छन् । उनले उक्त स्थानमा तत्काल सूचना बोर्ड राख्ने र इस्टिमेट सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराउने बताए । यस्तै अध्यक्ष चौधरीले प्रदीप परियारको घर आगनदेखि पर्खाल लाग्न लागेको हुँदा उनले गुनासो गर्नु स्वभाविकै रहेको बताएका छन् ।विकास गर्ने क्रममा यस्ता समस्याहरु आउने गर्छन् अध्यक्ष चौधरीले भने । यस्तै उनले २० लाखको बजेटमा १२ लाखबाट श्रमिकद्वारा काम गर्ने र ८ लाखको बजेटमा मेसिनद्वारा माटो फिल्डिङ गर्ने कार्य भइरहेको बताए ।यस्तै उता लमही नगरपालिकाका इन्जिनियर सौगात ओलीसंग बिस्तृत रुपमा बुझ्दा उनले कुल २० लाख बजेटमा श्रमिकद्वारा १२ लाखको काम गराउने र मेसिनले ८ लाखमा काम गराउने इस्टिमेट रहेको जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]