
Unsku
Rgp
Lnp
Ggp
Rgp1
Srbpu
Sgr
pku
Pbu

Rsb
Ksm
nsb
Hal
Gst
Rgu
Ggd
Bbu
Asm
Rgs
Pvg
Wsp
Bbbpu
Ssm
Tsm
Sls
Vor
Rgu
Sbs

Ptm
Rmb
Abd
Pls
Bml
Syp
Mks
sab
bbt
Jmb
Jmb
Gsb
Rpp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनियामा किसानको सुविधाका लागि कृषि एम्बुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरिएको छ । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान
भौतिक पूर्वाधार बिकास मन्त्री इन्द्रजित थारुले किसानले उत्पादन गरेको बस्तुलाई बिक्रीका लागि सहज होस् भनेर कृषि एम्वुलेन्स र कृषि उपच संकलन केन्द्र संचालन गरिएको बताए । राप्ती गाउँपालिका र समग्र देउखुरीका किसानले उत्पादन गरेको कृषि वस्तु बजारीकरणमा सहजीकरण गर्नलाई कृषिको क्षेत्रलाई प्राथमिकतामा रहेको बताए । “सिँचाइको व्यबस्था राप्तीमा राम्रो छ, यहाँका किसानलाई सिचाइको लागि प्रगन्ना सिचाइ सुबिधा रहेको छ,उत्पादित बस्तुको बजारीकरणको समस्यालाई समाधान गर्नका लागि काम गरेको हो”– मन्त्री थारुले भने । प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गरेर काम गरेको हो । “आफ्नै उत्पादन बजारीकरण गर्ने नीति ल्याएको छ सोही नीतिका आधारमा किसानलाई प्राथमिकतामा राखेको हो” उनले भने । “स्थानीय उत्पादनलाई बजारमा लैजानु पर्छ, बाहिरी देशबाट आएका बस्तुलाई निरुत्साहीत गर्ने उद्देश्यले कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरेको हो । लुम्बिनी प्रदेश सरकारले राजधानी व्यवस्थित गर्नका लागि जग्गा विकास कार्यक्रममा केही भ्रमहरु सृजना भएको बताए । जमिनको चक्लाबन्दी गर्दा ल्यान्डपुलिङको अवधारणाका साथ अगाडि बढेको बताए । कृषिलाई प्रविधिमैत्री बनाउँदै आत्मनिर्भर बनाउने उद्दे्र्रश्य रहेको उनको धारणा थियो ।
त्यसैगरी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पालिका भित्रका किसानले तरकारी बिक्रीका लागि लाग्ने दिनभरीको समय बचत हुने बताए । उनले किसानलाई बिषादी रहित तरकारी उत्पादन गर्न अनुरोध गरे । “अर्गानिक तरकारी उत्पादन गरेर वजारमा ल्याउनुहोस् बिक्रीको कुनै समस्या हुने छैन,” कम्तीमा तीन कट्ठा भन्दा बढी जमिनमा तरकारी खेती गर्ने किसानलाई कृषि एम्बुलेन्सको सुविधा दिने पालिकाको कार्यविधि रहेको उनले बताए । राप्तीका प्रत्येक वडामा नमूना खेती गरेर आत्मनिर्भर हुन सबैलाई आग्रह गरे ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर वलीले राजधानी निर्माणसंगै व्यवस्थित वजार र उत्पादित वस्तु व्यवस्थापन गर्न लागिएको बताए । तरकारी सडक पेटीमा होइन निर्धारण गरिएको स्थानमा बिक्री गर्न आग्रह गरे । प्रदेश सरकारको बिशेष अनुदानमा १५ लाख रुपैयाँ र पालिकाको १८ लाख रुपैयाँ अन्य रकम गरेर ३३ लाख रुपैयाँमा भवन र एम्वुलेन्स खरिद गरिएको उनले बताए । स्टल निःशुल्क रहेको छ, शौचालय र अटोपार्किङको न्युनतम शुल्क लिने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए ।
त्यस्तै कृषि उत्पादनका क्षेत्रमा देउखुरी उर्वर भूमि मानिन्छ । यहाँ सिचाइको सुविधा भएकाले बाह्रै महिना खेतीपाती हुने गर्दछ । कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालनमा आएपछि यहाँका किसान् खुशी भएका छन् ।
