
Ggp
Sgr
Pes
cjs
pku
Unsku
Gfs
Ses
Djs
Rgp1
Lnp
Rgp
Srbpu
Pbu

Ssm
Ksm
nsb
Rgu
Asm
Vor
Wsp
Ggd
Hal
Tsm
Pvg
Gst
Rgs
Rgu
Bbbpu
Sbs
Rsb
Bbu
Sls

Mks
Jmb
Jmb
Syp
Pls
Abd
Ptm
Bml
Rpp
sab
Rmb
bbt
Gsb
कञ्चनपुर । कञ्चनपुरमा नाबालिग करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । करणी घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको बताइएको छ।
त्यस्तै बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडित परिवारले एक जना युवकविरुद्ध उजुरी दिएको बताइएको छ । भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन् । उनलाई गाँउकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। पीडित र पिडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
