
Unsku
Lnp
pku
Sgr
Ggp
Pes
Rgp
Pbu
Djs
Rgp1
cjs
Gfs
Ses
Srbpu

Vor
Ssm
Bbbpu
Ksm
Wsp
Rsb
Asm
Hal
Sls
Bbu
Pvg
Tsm
Rgu
Gst
Rgu
Rgs
Sbs
nsb
Ggd

Syp
Jmb
sab
Mks
Gsb
Jmb
Rpp
bbt
Abd
Rmb
Pls
Ptm
Bml
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।
गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाईनको सभाहलमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा युरिसा बन्जाडेको सभापतित्व एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले यो दुई वर्षको समयमा भएका राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनु भयो ।
त्यस्तै उँहाले बिदाई हुनु भनेको तह पारगर्नु भएको भन्दै विद्यार्थीले आगामी दिनमा अझै मेहनत र संघर्ष गर्नुपर्ने कुरामा जोड दिनु भयो । गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागू गरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
यसैगरी उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिँदै बिदाई हुनु एक नरमाइलो क्षण महसुस हुने भएतापनि त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उनीहरुले यहीँ बैशाख २६ गतेदेखि सुरुहुने कक्षा १२ को परीक्षा विद्यार्थीहरुले मेहनतका साथ अनुशासन भएर दिनुपर्ने कुरामा जोड दिएका थिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो ।
त्यस्तै कक्षा ११ का छात्र रोशन पौडेलले बिदाई पत्र राख्दै पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमुल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताए । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पुर्याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिए । कार्यक्रममा विद्यार्थि प्रतीक्षा केसिले पनि मन्तब्य राखेकि थिईन ।कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरक फरक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा. कृष्णराज डिसि,विद्यालयका सह–प्रध्यानाध्यापक मुकुन्द गिरि,विद्यालयका प्लसटुका संयोजक निमानन्द गैरे,ब्यबस्थापन संयोजक कृष्णदेव थापा , विज्ञान संयोजक अजय शाह,शिक्षकहरु विवेक देबकोटा डम्बर रावत,अनिल गिरी,महाविर घर्ती,देबेन्द्र अधिकारी,सचिन परियार,अरबिन्द अधिकारी,बासुदेब केसि,रमेश चौधरि र शिक्षिका द्वय कल्पना खनाल र कल्पना बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ब्यबस्थापन संयोजक कृष्णदेव थापा,विज्ञान संयोजक अजय कुमार शाह,प्लस टु संयोजक निमानन्द गैरे,विद्यालयका सह- प्रधानाध्यापक मुकुन्द गिरि, प्रधानाध्यापक डां कृष्णराज डिसिले शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनको विशेष उपस्थिति रहेको थियो भने उँहाहरुले आज भएको बिदाई कार्यक्रम बिदाई मात्र नभयर आगामि दिनहरु अझै चुनौति र अवसरका दिनहरु रहेको बताउनु भएको थियो ।
त्यसैगरी उँहाहरुले आउदै गरेको कक्षा १२ को परीक्षाको सफलताको कामना पनि गर्नु भएको थियो । कक्षा ११ का विज्ञान संकायका छात्र सम्भव योगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा सजना पौडेल,मुना घर्ती र छात्र प्रवेश घिमिरे र रोशन पौडेलले गरेका थिए भने नेपाली विषयका बिभागिय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
