
Rks
Csb
Ssb
Nsb
Gsb
Usb
Ksb
Ssb
Ksb
Ksb
Tgp
Ppu
Rsb
Bsn

Gsb
Tsb
Usb
Hl1
Ssb

Nps
Rgu
ptl
दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ ।
मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री आश्रम व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा लमही नगर संयोजक राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको क्षेत्र नम्बर १ दाङका संयोजक किरण विक्रम शाहले सिधापत्रलाई जानकारी गराउनु भएको हो । पछिल्लो समय मञ्चले कोभिड उन्नाइसलाई मध्यनजर गरेर आफ्नो क्षेत्रमा सामाजिक कार्यका लागि विभिन्न कार्यक्रमको अभियानलाइ तिब्रता साथ संचालन गरिरहेको संयोजक शाहले बताउनु भयो ।
