तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, बैशाख १२, २०८०

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र ८ काे पिपरीमा साेमबारदेखि एकैसाथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तीन महिने कटाई सिलाई सम्बन्धी सीप विकास तालिम शुरु भएको छ ।

“स्थानीय श्राेत र साधनको सदुपयोग गराैं,सीप सिकाैं आम्दानी वृद्धि गराैं” भन्ने मुल नाराका साथ तालिम राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा समृद्व नेपाल दाङको आयोजनामा शुरू भएको हाे।

वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष कमलापति चाैधरीको विशिष्ठ आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।उक्त तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले महिलाहरुलाई सिप मार्फत आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको बताउँदै तालिममा सिकेको सिपलाई व्यवहारमा लैजान सके आर्थिक रुपमा समेतको सक्षम बन्न सकिने बताउनुभयो ।त्यस्तै उपाध्यक्ष चाैधरी मानिसको जीवनमा सिप महत्त्वपूर्ण हुने भएकाले मेहनतका साथ निरन्तर तालिममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो । साे कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी बाेर्डका उपाध्यक्ष टिकाराम पाेख्रेल,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,समृद्ध नेपालका अध्यक्ष भिम बहादुर बस्नेत ,उद्यम विकास सहजकर्ता अमिता चाैधरी लगायतकाे सहभागीता रहेको थियोे।

पहरुवामा २० र पिपरीमा २० जना गरि जम्मा ४० जना महिलाहरु सहभागी तालिमको प्रशिक्षकमा सरिता चाैधरी र तारा परियार रहनु भएको छ। उद्घाटन कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता विनिता चाैधरीले गर्नुभएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]