इर्धा झाकृ मगर/राप्ती गापा बिहिबार, आश्विन १५, २०७७

दाङ  । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर सम्मान पनि गरे । उनी जस्तै सोही ठाउँका ८१ वर्षिय दण्डपाणी ज्ञवालीलाई पनि उनकै घरमा पुगेर स्वास्थ्यकर्मीले सुगर र प्रेसर जाँच गरे अनि उनलाई पनि खाँदा लगाएर फलफूल दिए । एक्कासी आफनो घरमा स्वास्थ्यकर्मी आएर सेवा गरेको देखेर उनी पनि खुसी भए । भट्टराई र ज्ञवालीलाई जस्तै सोही ठाउँकै ८६ वर्षिया प्रेमकुमारी सिंह, अध्यक्ष विष्टका ७२ वर्षिया आमा धनादेवी विष्ट, ७० वर्षिया परमेश्वरी चौधरी र ७७ वर्षिया क्वारादेवी ज्ञवालीको पनि सुगर र प्रेसर जाँच गरे अनि उनीहरुलाई पनि खाँदा लगाएर फलफूल दिए ।

स्वास्थ्य सेवा पाएपछि पाँचै जना बुवा-आमाहरु खुसी भई धन्यवाद दिएका थिए । ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विहिवार स्वास्थ्य शिक्षा सचेतना– सामुदायिक स्वास्थ्य संस्था (हिको) राप्ती गाउँपालिकाले राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका ५ जना ज्येष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै फलफूल दिएर खाँदा ओढाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष तथा विष्ट स्वास्थ्य पोलिक्लनीकका स्वास्थ्यकर्मी प्रकाश विष्टले स्वास्थ्य परिक्षण गरेका थिए भने नेत्र सहायक गौरी शाहीले आँखा चेकजाँच गरेकी थिइन् । स्वास्थ्य परिक्षण गरिएका ज्येष्ठ नागरिकहरुमा केहिलाई सामान्य प्रेसर र सुगर बढेको पाइएको थियो । उनीहरुलाई स्वास्थ्य परामर्श समेत दिइएको संस्थाका अध्यक्ष एवम् स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष गरिवु चौधरी र प्रेस संयोजक ओमप्रकाश गुप्ताको पनि सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]