
Ksm
Sds
Rbs
Gmk
Pbu
Gisld
Mbdvs
Anm
mbd

Bbu
Ksm
Rgu
nsb
Sls
Tsm
Rgs
Vor
Asm
Ggd
Rsb
Gst
Sbs
Pvg
Hal
Rgu
Wsp
Ssm
Bbbpu

Gsb
Bml
Jmb
Rmb
Abd
Syp
Mks
bbt
Pls
Jmb
sab
Ptm
Rpp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।
स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर सम्मान पनि गरे । उनी जस्तै सोही ठाउँका ८१ वर्षिय दण्डपाणी ज्ञवालीलाई पनि उनकै घरमा पुगेर स्वास्थ्यकर्मीले सुगर र प्रेसर जाँच गरे अनि उनलाई पनि खाँदा लगाएर फलफूल दिए । एक्कासी आफनो घरमा स्वास्थ्यकर्मी आएर सेवा गरेको देखेर उनी पनि खुसी भए । भट्टराई र ज्ञवालीलाई जस्तै सोही ठाउँकै ८६ वर्षिया प्रेमकुमारी सिंह, अध्यक्ष विष्टका ७२ वर्षिया आमा धनादेवी विष्ट, ७० वर्षिया परमेश्वरी चौधरी र ७७ वर्षिया क्वारादेवी ज्ञवालीको पनि सुगर र प्रेसर जाँच गरे अनि उनीहरुलाई पनि खाँदा लगाएर फलफूल दिए ।
स्वास्थ्य सेवा पाएपछि पाँचै जना बुवा-आमाहरु खुसी भई धन्यवाद दिएका थिए । ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विहिवार स्वास्थ्य शिक्षा सचेतना– सामुदायिक स्वास्थ्य संस्था (हिको) राप्ती गाउँपालिकाले राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका ५ जना ज्येष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै फलफूल दिएर खाँदा ओढाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष तथा विष्ट स्वास्थ्य पोलिक्लनीकका स्वास्थ्यकर्मी प्रकाश विष्टले स्वास्थ्य परिक्षण गरेका थिए भने नेत्र सहायक गौरी शाहीले आँखा चेकजाँच गरेकी थिइन् । स्वास्थ्य परिक्षण गरिएका ज्येष्ठ नागरिकहरुमा केहिलाई सामान्य प्रेसर र सुगर बढेको पाइएको थियो । उनीहरुलाई स्वास्थ्य परामर्श समेत दिइएको संस्थाका अध्यक्ष एवम् स्वास्थ्यकर्मी प्रकाश विष्टले जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष गरिवु चौधरी र प्रेस संयोजक ओमप्रकाश गुप्ताको पनि सहभागिता रहेको थियो ।
