
Gsbr-6
Jsbg-7
Usbl-7
Msbg-2
Csbg-7
Gsbg-3
Rksr-7
Pbu
ksbl-7
Jsbr-3


चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
आज बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने भएको छ ।
त्यस्तै यस अघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा नेपाली काङ्ग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार रहेका छन् ।
