
ksbl-7
Jsbr-3
Jsbg-7
Pbu
Msbg-2
Gsbg-3
Rksr-7
Csbg-7
Gsbr-6
Usbl-7


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ ।
त्यस्तै उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएका छन् । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।
यस्तै सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
त्यस्तै यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ । एक जना स्वतन्त्र सहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महाराले सत्तारुढ दलहरुका सांसदहरुले मुुख्यमन्त्री गिरीलाई विश्वासको मत नदिने बताएका छन् ।
यस्तै ‘चैत १२ गते नै हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं,’उनले भने, ‘आठ दलको साझा सल्लाह अनुसार आज मुुख्यमन्त्री गिरीलाई विश्वासको मत दिदैनौं ।’ उनले मुख्यमन्त्री गिरी नेतृत्व सरकार अल्पमतमा परेकाले नैतिकताका आधारमा नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने बताए ।
त्यस्तै चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।
