Sidha Patra बिहिबार, आश्विन १५, २०७७

आश्विवन १५ गते-बिहीबार,दाङ । दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ सय ६७ जना अझै विभिन्न आइसोलेशनमा रहेका छन् । दाङमा अहिले सम्म १७ हजार १ सय ९ जनाको स्वाब परिक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालयले निकालेको आँकडा अनुसार ७ जना जनप्रतिनिधी, ४१ जना कर्मचारी, ३८ जना स्वास्थ्यकर्मी, ३४ जना नेपाली सेना र १ हजार २८ जना अन्य नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा सबै भन्दा धेरै २० देखी ४० बर्ष उमेर समूहका रहेका छन् ।

सो उमेर समूहका ७ सय २९ जना, १० देखी २० बर्ष उमेरका १ सय ८४ जना, ४० देखी ५० बर्ष उमेरका १ सय २५ जना, ५० देखी ६० बर्ष उमेर समूहका ६८ जना, ५ देखी १० बर्ष उमेर समूहका १४, जना ६० बर्ष माथीका १४ जना र ५ बर्ष मूनीका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

यसैविच अहिले सम्म भारतबाट ७ हजार एक जना र तेस्रो मुलूकबाट एक हजार १० जना दाङ आएका छन् । अहिले दाङमा ४१ जना घरकै आइसोलेशनमा बसेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]