
Lnp
Pbu
Unsku
Rgp1
Sgr
Srbpu
Ggp
pku
Rgp

nsb
Tsm
Asm
Rgs
Sbs
Ssm
Rsb
Rgu
Wsp
Sls
Vor
Bbbpu
Gst
Pvg
Rgu
Bbu
Hal
Ggd
Ksm

sab
Rmb
Jmb
Mks
Gsb
bbt
Rpp
Syp
Jmb
Ptm
Bml
Abd
Pls
दाङ । दाङमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर निवासी ४१ वर्षीय मेघराज खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका खत्रीले गत वैशाख १ गते राती १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी खत्रीको हत्या गरी घर नजिकै बारीमा पुरेका थिए । स्थानीयले गाडिएको अवस्थामा महिलाको पैतला देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनापछि खत्री फरार रहेका थिए छिमेकीहरुसंगको सोधपुछका आधारमा खोज तलास गर्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ भानपुर नजिकै जंगलमा लुकिछिपी बसेको अवस्थामा गत वैशाख ८ गते राती साढे ९ बजे प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
त्यस्तै सोधपुछका क्रममा खत्रीले श्रीमतीसँगको विवादमा आफुले मुक्का र अन्य चिजबाट हत्या गरी बारीमा गाडेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिनु भयो । खत्रीलाई ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको गौतमले जानकारी दिनु भयो ।
