भानु जोशी/लमही शनिबार, बैशाख ०९, २०८०

दाङ । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठ,नर बहादुर कर्माचार्य,नारायण बिलास जोशी,मोति देवी श्रेष्ठ र निरंजन गोबिन्द बैद्यको एक कार्यक्रमका बिच आज चर्चा गरिएको छ।

कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा सनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि कम्युनिस्टका संस्थापक र कम्युनिस्ट आन्दोलनको चर्चा भएकोछ । नेपाल कम्युनिस्ट पार्टी एमाले लमही नगर कमिटीको आयोजनामा सहिद नेत्रलाल अभागी प्रतिष्ठानको भवन रातोडाडामा दाङ जिल्ला कमिटीका सदस्य एवं लमही नगर इन्चार्ज रतन कुमार केसीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय लेखा आयोगका सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य कुल बहादुर केसी, मिना गुरुङ,नारायण डिसी छम्पाली, बेदनिधी धिताल, लुम्बिनी प्रदेश सल्लाहकार बीम बहादुर केसी, समाजिक सेवा समाज कल्याण विभागका सदस्य सतिष शर्माले आफ्नो धारण राखेका थिए।त्यस्तै कार्यक्रममा दाङ जिल्ला कमिटी सदस्य पवन शर्मा रिजाल, गोपाल ज्ञवाली लगायतले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रममा सहभागीहरुले कार्यक्रमको औचित्य, कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र नेताहरुले गरेको र गर्नु पर्ने भूमिका सम्बन्धि खुलेर जिज्ञासा् राखेका थिए।यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा गोपाल चौधरी,उमेश कुमार चौधरी,मोहन बसेल,एकराज भट्टराई लगायत रहेकाछन । पुराना तथा पार्टीमा फिर्ता भएका तथा नव प्रवेशी ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथिले खादा ओडाई सम्मान गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]