
Rgp
Ggp
pku
Lnp
Ses
Sgr
Rgp1
Pes
Srbpu
Gfs
Djs
cjs
Unsku
Pbu

Ssm
Tsm
Sls
Gst
Wsp
Pvg
Vor
Sbs
Rgu
nsb
Hal
Rgs
Ksm
Rgu
Bbu
Asm
Ggd
Rsb
Bbbpu

Ptm
Gsb
Jmb
bbt
Abd
Syp
sab
Mks
Rmb
Rpp
Jmb
Bml
Pls
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म बीरगन्जले ४४ लाख बराबरको अबैध कपडा र कामख्या सिन्दुर सहित पिकअप र स्कुटी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमान्ड ले राजस्व छली ल्याएको अबैध समान नियन्त्रणमा लिएको छ ।
भारतबाट राजस्व छली ल्याएको पिकअप भ्यानमा ल्याएको करीब १९ लाख ५१ हजार बराबरको लत्ताकपडा बीरगन्जको बैष्णो देवी मन्दिर नजिकबाट नियन्त्रणमा लिएको सशस्त्रका डिएसपी पाण्डेले बताए । अबैध समान लिएर आएको ना ५ च२८७२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिएको जनाउनु भएको छ ।
त्यस्तै लत्ताकपडा गाडी गरि ३२ लाख ५१ हजार रहेको छ । यसैगरी १५ लाख ४५ हजार मुल्य बराबरको कामख्या सिन्दुर र भारतीय नम्बर बिआर ०५ एयु ५८९६ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको डिएसपी पाण्डेले जानकारी दिनु भएको छ । सशस्त्र प्रहरीको गस्तीमा भन्सार कार्यालय को नायव सुब्बा कृष्ण प्रसाद आचार्य को टोली पनि रहेको थियो ।
