तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, बैशाख ०९, २०८०

दाङ । राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ ।

विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण गर्नु भएको हाे । साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले साे साेलार बत्ती वितरण गरेको बताउनु भयो।

अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाकाे कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तार गर्नका लागि आफुले पहल गरिरहेकाे बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा साे कार्यकाे शुरुआत हुने बताउनु भएको छ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकाले निशुल्क रुपमा प्रदान गरेकाे साेलार बत्तीलाई सहि तरिकाले प्रयाेग आग्रह गर्नु भएको थियाे । पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका साेलार वितरण गरिएको हाे।उक्त गाउँमा विद्युत विस्तार नहुँदा वर्षौंदेखि स्थानीयहरु घन्टाै पैदल यात्रा गरेर माेबाईल चार्ज तथा अन्य विद्युतीय कामकाे लागि देविकाेट आउनु पर्ने बाध्यता रहेकाे थियो । सोलार वितरण भएसँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर नाै का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनु भएको छ ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, कार्यपालिका सदस्य रण बहादुर पुजाली,समाजसेवी चित्र बहादुर थापा मगर,सुरेश चाैधरी लगायतकाे उपस्थिति रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]