
Unsku
Sgr
pku
Rgp
Pbu
Ggp
Srbpu
Rgp1
Lnp

Sbs
nsb
Ksm
Tsm
Bbu
Rgu
Bbbpu
Vor
Rgu
Pvg
Rgs
Sls
Hal
Rsb
Ggd
Wsp
Ssm
Gst
Asm

Bml
bbt
Abd
Jmb
Pls
Gsb
Rmb
Syp
Mks
Ptm
Rpp
Jmb
sab
दाङ । नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिलाई कार्यालय संचालनको लागि घोराही उपमहानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयबाट फर्निचर सहयोग भएको छ ।
वडा कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ५० हजार र समितिको ६ हजार गरि कुल ५६ हजारमा खरिद भएका १ थान रोस्ट्रम,४ थान घुन्ने कुर्सी,१ थान कम्प्युटर र कुर्सीहरु शुक्रबार वडा अध्यक्ष डुल्लुराम पोख्रेलले कार्यालयमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।
उक्त सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पोख्रेलले सबै जातजातीको साझा निकाय स्थानीय तह वडा कार्यालय भएको हुँदा सबैलाई मिलाएर जाने योजना आफुले बनाएको बताउनु भयो । यसपटक मगर संघको पालो भएकोले मगर संघलाई सामग्री प्रदान गरिएको र अर्को पटक अरुलाई दिने बताउनु भएको छ । आफ्नो लागि सबै संघ-संस्था बराबर रहेकोे र आगामी दिनमा वडा कार्यालयबाट प्रदान गर्न सकिने सहयोग निरन्तर रुपमा गर्ने वडा अध्यक्ष पोख्रेलले प्रतिबद्धता समेत जनाउनु भएको छ ।
त्यस्तै उक्त सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ दाङ जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मुक्त बुढा मगरले वडा कार्यालयबाट फर्निचर हस्तान्तरण कार्य अति सराहनीय रहेको बताउदै सिंगो मगर संघको तर्फबाट धन्यवाद दिनु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश मगर संघ भाषिक उपाध्यक्ष इराधा झाक्री मगर,लुम्बिनी प्रदेश मगर संघ सदस्य अरुणा राना मगर,नेपाल मगर संघ जिल्ला सचिब जयप्रकाश घर्ती मगर,जिल्ल सह-सचिव नरेन्द्र बुढा मगर,गणेश पुन मगर
लगायतको उपस्थित रहेको थियो ।
नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिका अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षतामा भएको फर्निचर हस्तान्तरण कार्यक्रमको स्वागत मन्तव्य संघका सह-सचिव दिपेन्द्र पुन मगरले दिनु भएको थियो भने कार्यक्रमको संचालन नेपाल मगर संघ घोराही उपमहानगर कार्यसमितिका सचिव भिमप्रकाश झाक्री मगरले गर्नु भएको थियो ।
