
Mbf
dpm
Sdc
Gesld
Amb
Ges
Snmbs
Pbu
Dbc
snmbs
rgs
Dpm
Snmbs


सल्यान, १४ असोज । चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ का तुलसीराम रावतलाई प्रहरीले मःम पसलमा भेटाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर ७ मा पर्ने दाङ सल्यान सडक खण्डको दाजुभाइ मःम पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो । हामीले मोबाइलको लोकेसन ट्रेसिङ गर्दा उहाँलाई मस्म पसलमा भेटाएका हौं। उहाँलाई कसैले अपहरण गरेको भन्दा पनि सेल्फ मिसिङजस्तो देखिन्छ,डिएसपी सिंहले भन्नु भयो,थप अनुसन्धान गर्दैछौं ।’
राउत गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए । दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए । परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान,कर्णाली प्रदेश प्रहरी कार्यालय,५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए ।
उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो । घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए । अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो । मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो।
