
Ggp
Pes
Srbpu
pku
Ses
Djs
Sgr
Lnp
Rgp1
Gfs
cjs
Unsku
Rgp
Pbu

Rgs
Sls
Bbu
Hal
Asm
Rsb
Rgu
Rgu
Sbs
Pvg
Ggd
Bbbpu
Vor
Ssm
Wsp
Ksm
Tsm
nsb
Gst

Bml
sab
Pls
Syp
Rmb
Ptm
Jmb
Mks
bbt
Rpp
Jmb
Abd
Gsb
काठमाडौं । जन्म दिने आमा प्रति श्रद्धा,भक्ति, सम्मान र आदर व्यक्त गरी आज भव्य साथ मातातीर्थ औँसी मनाइँदैछ ।
प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ ।
त्यस्तै आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन। तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ डा. बासुदेवकृष्ण शास्त्रीले भन्नू भयो ।
