
Djs
Sgr
Pbu
Pes
Unsku
pku
Lnp
Ggp
Srbpu
Rgp1
Gfs
Rgp
Ses
cjs

Tsm
Rgu
Vor
Rgs
Rsb
Ksm
Sls
Sbs
Hal
Gst
Pvg
nsb
Asm
Wsp
Bbbpu
Ssm
Ggd
Bbu
Rgu

Abd
Ptm
Rmb
Jmb
Jmb
Gsb
bbt
Syp
Rpp
Mks
Bml
Pls
sab
दाङ । पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ ।
२०७८ सालबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागी परेका छन् ।
अझै भन्नु पर्दा गुरुकुल एकेडेमीले सैद्धान्तिक शिक्षा मात्र नभएर व्यावहारिक शिक्षा प्रदान गर्दै प्रविधितर्फ जोडिरहेको छ । २०७८ सालबाट विज्ञान तथा व्यवथापन संकाय सुरु गरेको गुरुकुल एकेडेमीले विद्यार्थीहरुको क्षमता वृद्धिका लागि प्रत्यक्ष अवलोकन तथा व्यवहार मुलक सिपलाई प्राथमिकता दिदै आइरहेको छ । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो ।
गुरुकुल एकेडेमीले विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । गुरुकुलमा अहिले विद्यार्थी पाठ्य पुस्तकमा मात्र सिमित नभई ल्यापटप र डिजिटल बोर्डमा आधारित रहेर अध्ययन गर्दै आएका छन् । विद्यालयमा लाइब्रेरी, ई–लाइब्रेरी र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित प्रयोगशालाको व्यवस्था पनि स्कुलले गरेको छ । विद्यार्थीहरुको लागि आवश्यकताअनुसार व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण जस्ता व्यवसायिक क्षेत्र अवलोकन गराउँदै आएको छ ।
शैक्षिक गुणस्तर दिन सकियो भने कसरी छोटो समयमै पनि उत्कृष्ट विद्यालय बन्न सक्छ र अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने कुरालाई आत्मसात् गर्दै घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्नका लागि जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने अठोटका साथ गुरुकुलले प्लस टु संचालन गरेको हो । ‘गुरुकुलले प्रदान गर्ने शिक्षण सिकाइ तरिकामा परिवर्तन ल्यायो र विद्यालयको अत्यधिक मेहेनतले गुरुकुल जिल्लाकै प्रतिष्ठित र अब्बल विद्यालयको रुपमा अहिले स्थापित भएको छ ।
दाङमा धेरै बिद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ । स्कुल तहमा मात्र नभई प्लस टु मा पनि शैक्षिक प्रतिस्पर्धा निकै नै छ । दाङ जिल्लामा करिब ६ सय बिद्यालय छन् । जसमध्ये ४५१ विद्ययालयमा प्लस टु संचालनमा आएको छ। दाङको घोराही उपमहानगरपालिकामा पनि अधिकांश विद्यालयमा प्लस टु संचालन गरिएको छ । शैक्षिक गुणस्तर सुधार्ने र शिक्षालाई प्रविधिसँग जोड्ने अभियानका साथ पछिल्लो समय धेरै विद्यालय लागि परेका छन् ।
त्यस्तै गत बर्ष विज्ञान तथा व्यवथापन संकायमा कक्षा ११ मा मात्र १२३ जना विद्यार्थी भर्ना भएका छन् । पूर्ण मानव सिर्जना गर्ने मूल उद्धेश्यका साथ डाक्टर र इन्जिनियरहरू मिलेर २०७२ सालमा स्थापना भएको गुरुकुल एकेडेमीले २०७८ सालमा प्लस टु संचालन गरेको हो । मुलतः अधिकांश विद्यालयमा प्लस टु संचालन भएका छन् तर गुरुकुलले अलि फरक भिजन र फरक शैक्षिक प्रणालीबाट प्लस टु संचालन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । धेरै बिद्यालयमा बुझेर अन्तिममा गुरुकुलमा आएकि छात्रा सुरुवाति बर्ष देखि नै गुरुकुलमा कक्षा ११ मा भर्ना भइन र उनले यो बिद्यालय कस्तो छ भन्ने उनमा निकै खुलदुली थियो कतै सोचेको जस्तो नहुनेपो हो कि भन्न डरका बिच भर्ना भएकि छात्रा प्रतिक्षा पोख्रेल गुरुकुलको पढाई र त्यँहाको बातावरणबाट निकै खुसि भएको बताउछिन र उनले अन्य बिद्यार्थिलाई पनि गुरुकुलमा पढ्न सल्लाह दिएको बताउछिन ।
इन्टरनेटको माध्यमबाट पढाइ हुने उक्त बिद्यालयमा डिजिटल बोर्डहरु राखिएको छ । प्लस टुको लागि छुट्टै सुविधा सम्पन्न भौतिक पुर्वाधार रहेको छ । एसइइ पछि काठ्मान्डौ लगायतका ठुला शहरमा जानै नपर्ने गरी गुरुकुलले प्लस टुलाई अगाडि बढाइरहेको छ । पढाइमा मात्र नभएर अनुशासनमा पनि बिद्यालय अगाडि बढेको छ ।अनुशासन बाट बाहिर रहेर अनुशासनहिन भएका आफ्ना बालबालिकाको भबिष्य बिग्रिन्छ कि भन्ने नकारात्मक सोचमा भएका अभिभावकलाई गुरुकुलले पुर्ण मानव बनाउने र उत्कृष्ट अंक सहित बिद्यार्थिको भबिष्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । देशका बिभिन्न ठुला शहरहरुमा हुने शैक्षिक सुबिधा र बातावरण दाङमा रहेको गुरुकुलले पनि श्रृजना गरेको छ तसर्थ काठ्मान्डौ लगायत अअन्य ठाँउमा जान पर्ने छैन । बिद्यालयले साबिक राप्ति अंचलका दाङ सहित ५ जिल्लालाई शैक्षिक हव बनाउने उद्धेश्य राखेको छ । विद्यार्थीको लागि आवश्यकता अनुसार बोटानिकल भ्रमण पनि गराइने तथा व्यवस्थापन सङ्कायका लागि उद्योग भ्रमण गराइदै आएको छ । पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापहरू हर्स राइडिङ , स्विमिङ , फुटबल ,बास्केट बल , भलिबल , लगायतका खेलहरू दक्ष प्रशिक्षकबाट प्रशिक्षण पनि दिइदै आएको छ । फरक शिक्षण विधिबाट जीवन उपयोगी, व्यवहारिक शिक्षामा जोड दिँदै आएको गुरुकुल एकेडेमीले वर्तमान शिक्षाबारे एउटा बहस समेत सिर्जना गरिदिएको छ ।
जसको फलस्वरुप प्लस टु सम्मका कक्षा सञ्चालनमा छन् । प्लस टु कक्षा मै उच्च शिक्षाका लागि मेडिकल र इञ्जिनियरिङ संकायमा शैक्षिक तयारी कक्षा सञ्चालन गर्ने गरी काठमाडौंका नेम र पिइए जस्ता शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरिएको छ । जहाँ गुरुकुलमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले इन्ट्रान्स कक्षाहरू तयारी गर्ने अवसर पाउनेछन् । गुरुकुलले शिक्षण सिकाईका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै शैक्षिक अवार्ड समेत प्राप्त गरेको छ । विद्यालयले अन्तर्राष्ट्रिय शिक्षाका लागि आवश्यक पूर्वाधार पूरा गर्दै आइएसओ, आइएस ए,ग्लोबल कम्पीटेन्सी जस्ता अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गरिसकेको छ ।
त्यस्तै विट्रिस काउन्सीलले प्रदान गर्दै आएको आइ एस ए अवार्ड विद्यालयले सन् २०१६ देखि २०१९ र २०२० देखि २०२२ मा गरी दुई पटक प्राप्त गरेको छ । शिक्षाका लागि आवश्यक सबै मापदण्ड र सूचकहरू पूरा गर्दै विद्यालयले शैक्षिक मान्यताका महत्त्वपूर्ण अवार्डहरू प्राप्त गरेको छ । ‘शिक्षामा अन्तर्राष्ट्रिय स्तरको तोकिएको मापदण्ड अनुसारको शिक्षा प्रदान गर्न थुप्रै आधार तयार भइसकेका छन । सोही अनुसार विद्यालयमा पर्याप्त पूर्वाधारदेखि शैक्षिक जनशक्ति तयार गरिएको छ ।

