Sidha Patra बुधबार, बैशाख ०६, २०८०

दाङ । पहरे घर्ती समाज केन्द्रीय कार्यालय दाङले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा तेस्रो साधारणसभा भएको छ । बुधबार गणेशपुर पार्कमा उक्त कार्यक्रम भएको हो । समाजका अध्यक्ष जितबहादुर घर्ती मगरको अध्यक्षता तथा नेपाल मगर संघ दाङ जिल्लाका अध्यक्ष डिल्लीबहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

उपाध्यक्ष कुलबहादुर घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा युवा ब्यबसायी चक्र बहादुर घर्तीले युवाहरु राजनीतिक पार्टीको मात्रै नभई समाजकालागि एक जुट भएर लाग्नु पर्ने बताएका थिए । युवाहरु राजनीतिक पार्टीलाई बढि ध्यान दिदा सामाजिक क्षेत्र ओझेलमा परेका बताएका थिए ।

नेपाल मगर संघ दाङका सल्लाहकार तथा तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले घर पालुवा रक्सी स्थानीय उत्पादन भएकाले यसलाई बैधानिक बनाएर विदेशसम्म निर्यात गर्नुपर्ने बताउनु भएको थियो ।

त्यस अवसरमा कोषाध्यक्ष जुद्धविर घर्ती मगरले आर्थिक प्रतिवेदन पेश गुरेका थिए, भने सहजीकरण सचिब चन्द्रबहादुर घर्ती मगरले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]