
Pbu
Djs
Pes
cjs
Srbpu
Rgp
Sgr
Gfs
Ggp
Rgp1
pku
Lnp
Ses
Unsku

Wsp
Ggd
Gst
Sbs
Vor
Rgu
Rgu
Tsm
Ksm
Asm
Rsb
Bbbpu
nsb
Sls
Hal
Rgs
Ssm
Pvg
Bbu

Gsb
Rpp
Jmb
Ptm
sab
Jmb
Rmb
Mks
Bml
Syp
Pls
bbt
Abd
दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयले वडा स्तरका विद्यार्थीहरुको लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।
वडाले खरिदार वा सो सरह पदको तयारीका लागि निःशुल्क २ महिने कक्षा संचालन गरेको हो । निःशुल्क लोकसेवा तयारी कक्षाको सोमबार लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले उद्घाटन गरेका हुन् ।
युवा उमेरका विद्यार्थी हरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, कुशल प्रशाषक, सफल, मेहनती, प्रतिस्पर्धी, इमान्दार युवा बिद्यार्थीका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिएको वडाध्यक्ष गिरीले बताए ।
समाज र देश परिर्वतनका लागि बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले विद्यार्थीहरु बेलैमा जिम्बेवार बन्दै मेहनत गरेर रोजगार सँग जोडिन आग्रह गरे । भौतिक निर्माणका कामहरु प्रक्रियागत रुपमा नियमित हुने बताउँदै उनले शिक्षा आर्जन र रोजगारलाई बढी प्राथमिकतामा राखेको बताए । “बाटाघाटा, नाला, खानेपानी, बिजुली बिस्तार यस्ता नियमित प्रक्रिया हुन ! यिनी पुर्बाधारका काम जसरीपनि हुन्छन वडाध्यक्ष गिरीले भने-शिक्षा दिलाउन सकियो भने रोजगारका अबसर खुल्छन, जसले गर्दा घरपरिवार, आफन्ती, ईष्टमित्र सँगै समाज र देश समृद्धि उन्मुख हुनेछन ।”
आर्थिक अबस्था कमजोरीले परिवार र देशमा परेको असर नजिकबाट नियालेका उनले आर्थिक समृद्धि सँग जोड्न नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए । अबको नया शैक्षिक सत्रबाट समग्र नगरपालिका अन्तरगतका विद्यार्थीहरुको लागि देउखुरी बहुमुखी क्याम्पसमा नि:शुल्क विद्यार्थी भर्नाको अभियान थालिने गिरीले बताए । उनले कारणबस त्यो अभियान सफल हुन नसके वडा नम्बर ७ का विद्यार्थीका लागि मात्र भएपनि नि:शुल्क भर्ना गरिने प्रतिबद्धता ब्यक्त गरे ।
वडाको यस्तो कार्यले लोकसेवा कक्षाका लागि काठमाण्डौ, बुटवल, घोराही बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । महँगो ठाउँमा महँगो फिस तिरेर पढ्न सक्ने सबैको क्षमताले भ्याउदैन । अहिलेपनि काठमाण्डौका लोकसेवा ईन्स्टिच्युट हरुले २५ देखि ३० हजार सम्म फिस लिने गर्छन । महिनामा सबै खर्च करिब डेढ लाख सम्म खर्च हुने विद्यार्थीहरुको बुझाई छ ।
महँगो खर्चमा बाहिर पढ्न जानुपर्ने बाध्यताको अन्त्य सँगै वडामै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका विद्यार्थीहरु खुसी भएका छन् । वडा कार्यालयले विद्यार्थीहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थी टेकेन्द्र वलीले बताए । पहिले बाहिर बसेर महँगो फिस तिरेर पढेको हो, अहिले त वडाले बिनाखर्च पढ्ने ब्यबस्था मिलायो औधि खुसी लागेको छ उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका जिल्ला सदस्य कुल बहादुर बुढा मगरले राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवा विद्यार्थीहरु आउनुपर्ने बताए । विद्यार्थीका लागि वडाले दिएको सुनौलो अबसरबाट फाईदा लिनका निमित्त उनले कडा मेहनत सहित अध्ययन गर्नुपर्ने जिकिर गरे ।
तयारी कक्षामा वडा अन्तरगतका ५६ जना प्रशिक्षार्थी सहभागी छन । प्रशिक्षकमा लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेँडी, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष् चौधरी,कोष नियन्त्रक कोलिनिका दाङका प्रमुख शिव प्रसाद चौधरी,लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृतहरु सन्तोष सुवेदी र नारायण अर्याल लगायतका छन् ।
वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिब शेरबहादुर चौधरीले गरेका थिए । वडा अन्तरगतको अर्जुन आबिमा बिहान ६ देखि ९ बजेसम्म कक्षा चलिरहेको छ ।
