भानु जोशी सोमबार, बैशाख ०४, २०८०

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मुङरेठा खोलामा खानेपानी योजना बिग्रीएर खानेपानीको समस्या उत्पन्न भएकोछ ।

२०७५ सालमा नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा निर्माण भएको योजना अहिले आएर बिग्रीएपछि उपभोक्ताहरु खानेपानीबाट बन्चित हुने अवस्थामा पुगेका छन् । पुरानो योजना मर्मत सम्भारमा सरोकारवाला निकाय कोहि कसैले चासो नदेखाउँदा उपभोक्ताहरुले खानेपानीको समस्या झेल्नु परेको सोही गाउँको दिप ज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक गिरिराज खड्काले जनाकारी दिएका हुन् ।

स्थानीय सरकारले समेत दूरदराजमा रहेको खानेपानी मर्मत सम्भार गर्न ध्यान दिनु पर्नेमा उपभोक्ताहरुको जीवनमा खेलवाड गरि समस्या प्रती बेखबर रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । यस्तै अवस्था रह्यो भने खानेपानीको लागि बिद्रोह गर्ने सम्मको उपभोक्ताहरुले चेतावनी दिएका छन् । त्यसैले सम्बन्धित सरोकारवालाहरुले बेलैमा सोचेर नागरिको जीवनमा महत्त्वपूर्ण रहेको खानेपानीको समस्या समाधान गर्न उपभोक्ताहरुले आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]