शिवराज पन्थी मंगलबार, आश्विन १३, २०७७

दाङ । कोभिड–१९ का कारण अस्तब्यस्त भएको बिद्यार्थीहरुको पठन–पाठन गढवा गाउँपालिकामा अब ब्यवस्थित बन्न थालेको छ । गढवा गाउँपालिका क्षेत्र भित्र रहेका २९ वटा सरकारी बिद्यालयहरु संगै सम्पुर्ण निजी बिद्यालयहरु समेत बुधवारदेखि खुल्ने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् ।

कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउदै जोड बिजोड उपस्थितिलाई आधार बनाएर पालिकाभित्र रहेका सबै बिद्यालयहरु खोल्ने गाउँकार्यपालिकाले निर्णय गरेको छ । यसअघि केहि समय एता गढवाका बिद्यालयहरुले गाउँ टोलमा शिक्षकहरु पठाएर समुदाय स्तरमा स्वास्थ्य मापदण्ड अपनाई पठन–पाठन सुरु गरेका थिए ।

सोमवार बसेको गाउँकार्यपालिकाको बैठकले मंगलबार पालिकाभरका प्रअहरुको बैठक आमन्त्रण गरि स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालयहरु खोल्ने निर्देशन दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । मंगलबार सम्पन्न गाउँकार्यपालिकाको बैठकले अन्य बिभिन्न महत्तवपुर्ण निर्णयहरु समेत गरेको बैठकपछि गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा आ.ब.२०७६÷७७ को महालेखा परिक्षणको प्रतिबेदन माथी ब्यापक छलफल र समिक्षा गरिएको छ । यसैगरि कोभिड–१९ को रोकथाम नियन्त्रण र राहात वितरणमा गत असार मसान्ता सम्म भए गरेका खर्चहरुको सार्वजनिक समेत गरिएको छ । जस अनुसार गाउँपालिकाले लक्षितवर्ग लगायतका बजेटबाट कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि छुट्टाएको तथा सरकारी गैर सरकारी संघसंस्थाबाट प्राप्त गरि कुल १ करोड ८८ लाख २१ हजार ७ सय ५७ रकम मध्ये कुल १ करोड ७६ लाख ५१ हजार ८ सय २७ रुपियाँ खर्च भएको बिस्तृत रिपोर्ट लेखा अधिकृत सम्भूराज आचार्यद्धारा बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकबाट गाउँपालिकाको न्यायिक समितिले सम्पादन गर्दै आएको न्याय निरुपणको काममा बढी चाँप भएकोले पालिकाका वडा नं. २,४ र ६ मा मेलमिलाप केन्द्र संचालन गरि बिवाद निरुपण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यसैगरि नेपाल सरकारको शुरक्षित आबास कार्यक्रम अन्तर्गत भवन डिभिजन कार्यालय दाङमा सम्पन्न यहि असोज ६ को बैठकको निर्णयानुसार कार्यविधि बमोजीम कार्यसंचालन गर्न १० दिने सार्वजनिक सुचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

जसको लागि १ देखि ७ नम्बर वडाहरुमा ५३ घरधुरी र वडानं. ८ मा २६ घरधुरीलाई इटा कलरको रातो टिन वितरण गर्न प्रकृया सुरु गर्ने निर्णय भएको प्रबक्ता अधिकारीले जानकारी दिए । यसैगरि चालु आर्थिकबर्षका लागि जिल्ला दररेटलाई आधार मान्दै स्थानीय दररेट समेत कायम गर्ने, घरजग्गा अभिलेखिकरणमा कानूनी प्रकृया बमोजिम गर्ने र हालै संचालन गरिएको सर्पदंश उपचार केन्द्रलाई थप प्रभावकारी ढंगले सेवा बिस्तार गर्ने लगायतका निर्णयहरु भएको गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]