
Rgp
Ggp
Lnp
Pbu
Sgr
Rgp1
Unsku
pku
Srbpu

Rgu
Ggd
Ksm
Wsp
Vor
Rsb
Asm
Ssm
Gst
Rgu
Pvg
nsb
Bbbpu
Rgs
Tsm
Bbu
Sls
Sbs
Hal

Ptm
Mks
Jmb
Bml
bbt
Rmb
sab
Abd
Jmb
Rpp
Gsb
Pls
Syp
दाङ । घाेराहीबाट बुटवल जाँदै गरेको मिनि बस मसाेटको तेस्रो घुम्तीमा ब्रेकफेलभई पल्टिँन लागेको बसबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो पाैने १ बजेको समयमा घाेराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनि बसमा सवार बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा रहेका घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बसमा सवार मृतक घर्तीकाे ५ वर्षिय छाेरी आहाना घर्ती मगर,ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य,लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । उक्त बसमा २५/२६ जना यात्रु सवार रहेका थिए ।
