
Rgp1
Sgr
cjs
Srbpu
Pes
Ses
Pbu
Djs
pku
Ggp
Rgp
Unsku
Gfs
Lnp

Ssm
Vor
Gst
Bbu
Tsm
Pvg
Wsp
Ggd
Rsb
Asm
Sbs
Rgu
Bbbpu
nsb
Rgu
Rgs
Ksm
Hal
Sls

Jmb
Pls
Jmb
sab
Gsb
Ptm
Bml
Rmb
Mks
bbt
Rpp
Abd
Syp
रोल्पा । रोल्पामा गत आर्थिक बर्षको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्नेहरू ठगिएका छन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ का २९ जना स्थानियहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत दैनिक ७५० रुपैयाँ पाउने गरि काम गराइएको उनिहरुलाई विभिन्न बहाना बनाएर दैनिक ६०० रुपैयाँ मात्र दिइएको गुनासो गरेका छन् ।
गत आर्थिक बर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेका रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ का २९ जना स्थानियहरुले आफुहरुलाई पारिश्रमिकतामा ठगिएको बताए । शुरुमा दैनिक ७५० रुपैयाँका दरले पारिश्रमिकता दिने भनेर काम लगाइए पनि पछि काम सकिए पछि कार्यक्रमका संयोजक स्थानिय अमरबहादुर बहकरीले भने जति रकम भुक्तानी नभएको भन्दै दैनिक ६०० रुपैयाँका दर मात्र पारिश्रमिकता दिएको स्थानिय सरिता घर्तीले बताउनुभयो ।
त्यसैगरी प्रत्येक महिनाको १ दिनको श्रमदान दिनुपर्ने भन्दै पारिश्रमिकता समेत नदिएको मोहन प्रशाद पुनले बताउनुभयो । कार्यक्रमका संयोजक अमरबहादुर बहकरी सम्पर्कमै आउन चाहेका छैनन् ।
वडा कार्यालयले भने कामको स्टिमेट गर्दा प्राबिधिकहरुकै कमजोरी रहेकाले मापदण्ड अनुसारको काम हुन नसकेकाले निर्धारण गरिएको पारिश्रमिकता भुक्तानी हुन नसकेको बताउने गरेको छ । प्राबिधिकहरु प्रत्येक्ष रुपमा फिल्डमा आएर कामको स्टिमेट दिनुको साटो फोन मार्फत जानकारी दिएकाले यस्तो अबस्था निम्तिएको वडा अध्यक्ष भिम बहादुर पुनले बताउनुभयो ।
