ओमप्रकाश गुप्ता बिहिबार, चैत्र ३०, २०७९

दाङ । नेकपा एमाले राप्ती- ५ वडा कमिटीको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ । नेकपा एमाले राप्ती गाउँपालिका ५ नम्बर वडा कमिटी सदस्य लठ्ठहवा निवासी स्वर्गीय कालिप्रसाद चाैधरीको ११ औं दिनमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

स्वर्गीय चाैधरीका कान्छा सुपुत्र रोशन चाैधरीको अध्यक्षता एवं सांसद एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय चाैधरीको निधनले पार्टीलाई अतुलनीय क्षती पुगेको बताएका थिए । साथै उनले देखाएको बाटोमा हिडनुपर्ने बताएका थिए ।

त्यस्तै श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका ओमनाथ बञ्जाडे लगायतका वक्ताहरूले शोक मन्तव्य व्यक्त गरेका थिए । स्वर्गीय चाैधरीका नाति सरोज चाैधरीले स्वर्गीय हजुरबुवाले समाजमा पुर्‍याएको योगदान बारे चर्चा गरेका थिए भने कार्यक्रमको सञ्चालन देवप्रसाद चाैधरीले गरेका थिए । चाैधरीको ५० वर्षको उमेरमा चैत १९ गतेका दिन निधन भएको थियोे । उनका १ छोरा, ५ छोरी र श्रीमती छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]