
Rgp
Pbu
pku
Sgr
Unsku
Srbpu
Lnp
Rgp1
Ggp

nsb
Rgu
Ggd
Bbu
Gst
Pvg
Asm
Ksm
Hal
Rsb
Vor
Ssm
Sbs
Sls
Wsp
Tsm
Bbbpu
Rgu
Rgs

Pls
Ptm
bbt
Rmb
Syp
Jmb
Mks
Bml
Abd
Rpp
sab
Gsb
Jmb
बाँके । बर्दिया जिल्लामा रहेका ११ वटा ट्राफिक चेकपोष्टमा चेकजाँचका नाममा रकम असुली तीब्र पारेको खुलेको छ । ११ वटा चेकपोष्टमध्ये बबई चेकपोष्ट असुलीको मुख्य सेन्टर मानिएको देखिएको छ ।
त्यस्तै स्रोतका अनुसार यहाँका पोष्टबाट मात्रै ट्राफिकको जिल्लामा मासिक ६ लाख बुझाउने प्रावधान रहेको छ । उक्त रकम राजश्व तथा अन्यत्र कतै प्रयोग र जम्मा हुदैन । जिल्लादेखि प्रदेश र केन्द्रसम्म चटनीका रुपमा बाँडफाँड हुदै आएको ट्राफिक निकट स्रोत नै बताउँछ ।
बबई,बासगढी,भुरिगाउँ,राजापुर,गुलरिया, मैनापोखर, मानखोला आसपास,सानोश्री ताराताल क्षेत्र,मधुवन लगायतका सबै ठाउँबाट जिल्ला ट्राफिकले तोकेको रकम मासिक बुझाउनुपर्ने नत्र हवल्दारको कमाण्डमा रहेको ट्राफिक फेरबदल टीमले आन्तरिक सरुवा समेत गरी असुलीमा दक्ष व्यक्तिलाई पोष्टमा पठाउने गरेको पनि खुलेको छ ।
असुलीका दक्ष भएकै कारण जिल्ला ट्राफिक हाकिमले केही जवानदेखि हवल्दारसम्मका व्यक्तिलाई बषौंसम्म पनि सरुवा गर्न सकेका छैनन । एउटै व्यक्ति लामो समय एकै ठाउँमा हुँदा असुलीको लाइनमा सहज हुने भएकाले त्यसता व्यक्तिको सरुवामा कसैको ध्यान जान नसकेको बुझिएको छ ।
मुख्य बजार क्षेत्रमा जथाभावी पार्किङ र फुटपाथ व्यापारीले कब्जा गर्दा पनि यसको व्यवस्थापनमा चासो नदेखाएर ट्राफिकले असुलीलाई तीब्र पारेको गुलरियाका स्थानीयहरु नै बताउँछन । लाग्छ बर्दियामा ट्राफिक असुलीका लागि मात्रै राखिएको छ । शहरमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको जिम्मेवारी लिएको बर्दिया ट्राफिकले यतिबेला सुरक्षा चेकजाँचका नाममा कमाउधन्दा तीब्र पारेको देखिएको छ ।
बर्दियामा निर्माण सामग्री ढुवानी गर्ने टिप्परसँग पनि यसरी ट्राफिक प्रहरीले असुली गर्दै आएको टिप्पर व्यवसायीहरु नै बताउँछन । १ बर्ष अघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय हाल अबकाश डिआईजी प्रकाश अधिकारीको पावर लगाएर जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियामा इन्चार्ज सम्हालेका वरिष्ठ सइ ईश्वरी देवकोटाले सम्हाले सइ देवकोटाको दरबन्दी जिल्ला प्रहरी कार्यालय बर्दियामा छ । पावर लगाएर अहिलेसम्म जिल्ला ट्राफिक बर्दियाको काजमा इन्चार्ज सम्हालेर बसेका छ्न। हाल दरबन्दी भएका सइ ज्ञवालीको जिल्ला ट्राफिकको इन्चार्ज हुन उनी असारमा अबकाश पाउदै छ्न । बर्दिया गुलरियामा ट्राफिक अस्तव्यस्तमा सुधार आउने अपेक्षा गरिएपनि विगतको तुलनामा केही फरक हुन नसकेको गुलरियाका स्थानीय बासी एबिसी चौधरी बताउँछन ।
नेपाल प्रहरीका ३० औं आइजिपी बसन्त बहादुर कुँवरकै आदेशलाई लत्याएर बर्दिया ट्राफिक इन्चार्ज देवकोटाले विभिन्न चेकपोस्टहरुबाट मासिक पैसा लिनेे गरेका छ्न । महेन्द्र राजमार्गको मानखोला कर्णाली र रत्न राजमार्गको बबई क्षेत्र बर्दिया ट्राफिकको बिशेष असुली केन्द्र रहेको सवारी चालकहरुको गुनासो छ । रकम नदिने विभिन्न बहाना बनाएर ट्राफिकले टिप्पर रोक्ने र चालक तथा टिप्पर मालिकलाई सास्ती दिने गरेको छ । ट्राफिक प्रहरीले गुलरिया –राजापुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् ।
ट्राफिक प्रहरीको प्रभावकारी काम नहुँदा पनि गुलरिया सहतिका उदाउदा शहर बासगढी, भुरिगाउँ राजापुर मधुवन, बढैयातालमा ट्राफिक व्यवस्थापन समेत भद्रगोल हुने गरेको छ ।बर्दिया ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको छ ।
ट्राफिक प्रहरीले विभिन्न कारण देखाउँदै फाइनका नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् । स्रोतका अनुसार चालकले आफ्नो बिलबुकमा पैसा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । यस विषयमा बर्दिया ट्राफिक प्रमुख देवकोटासँग बुझन खोज्दा उनको फोन सम्पर्क हुन सकेन । जिल्ला ट्राफिक कार्यालय बर्दियाका एक अधिकारीले भने असुली नभएको प्रतिक्रिया दिएका छन । ई-सेतोखरीबाट
