
Lnp
Rgp
Rgp1
Sgr
Unsku
Pbu
Srbpu
pku
Ggp

Sls
Sbs
Bbbpu
Ggd
Bbu
Wsp
Rgs
nsb
Pvg
Vor
Gst
Tsm
Rgu
Ssm
Ksm
Rgu
Rsb
Asm
Hal

Bml
Mks
Syp
bbt
Gsb
sab
Rpp
Abd
Jmb
Ptm
Rmb
Jmb
Pls
दाङ । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी बिकाश मन्त्रालयका सचिब जकी महमद अन्सारीले अब बन्ने खानेपानी सरसफाइ तथा स्वच्छताकाे नितिमा लैङगिक समानता र समाबेशितालाई प्राथमिकतामा राखिने बताउनु भयकाे छ ।
लुम्बिनी प्रदेश सरकार अहिले खानेपानी स्वच्छता र सरसफाइकाे नीति निर्माण र याेजना तर्जुमाकाे क्षेत्रमा कृयाशिल रहेकाे बताउदै अहिले नीति तर्जुमाका लागि परामर्श र राय सुझाव संकलनकाे काम जारि रहेकाे र अब बन्ने खानेपानी स्वच्छता र सरसफाइ नितिमा महिला सहभागीतालाई प्राथमिकतामा राख्छाै सचिब अन्सारीले भन्नू भयाे । लुम्बिनी प्रदेशमा रहेका एक सय ९ स्थानिय तहहरुमा जेसि निर्माणकाे काम भैसकेकाे समेत साे अबसरमा उहाँले बताउनु भयाे ।
त्यस्तै युनिसेफ नेपालकाे सहयाेग तथा लुमन्तीकाे समन्वय र लुम्बिनी प्रदेश खानेपानी ग्रामिण तथा शहरी बिकाश मन्त्रालयकाे आयाेजनामा आईतबार आयाेजित खानेपानी सरसफाइ तथा स्वच्छताका लागि महिला सजाल निर्माण एबम् क्षमता अभिबृद्वी बैठकमा बाेल्दै उहाँले साे कुरा बताउनु भयकाे हाे ।
त्यस्तै लुमन्तीका कार्यक्रम प्रमुख उद्वब भट्टराईले खानेपानीकाे क्षेत्रमा महिला सहभागिताकाे बर्तमान अबस्थाकाे यथार्थ चित्रण गरि नितिगत रुपमा खानेपानी सरसफाइ र स्वच्छताकाे क्षेत्रमा महिला सहभागिता बढाउने कार्यक्रमकाे लक्ष्य रहेकाे बताउनु भयाे ।
लुमन्तिका कानुनी परामर्शदाता प्रतिभा न्याैपानेले महिला भयकै कारण खानेपानी जस्ताे सम्बेदनशिल क्षेत्रमा भाेग्नु परेकाे विभिन्न खाले विभेद र हिसाकाे अन्त्य गर्नका लागि महिलाकाे समान सहभागिता र पहुच अभिबृद्विकाे आबश्यकतामाथि जाेड दिनु भयाे । उहाँले खानेपानी र स्वच्छताका लागि महिला पुरुष मात्र नभई तेस्रो लिङ्गीकाे समस्या समाधानमा पनि ध्यान दिन जरुरि रहेकाे बताउनु भयाे । लुमन्तिका रबिन बास्ताेलाले महिला र बालबालिका अहिले पनि अन्य समुदाय भन्दा बढि जाेखिममा परेकाले जाेखिन न्युनिकरणका लागि सहभागिता बढाउन जरुरि रहेकाे बताउनु भयाे ।
कार्यक्रममा सहभागी खानेपानी र सरसफाइकाे क्षेत्रमा कृयाशिल लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रका सहभागी महिलाहरुले कार्यक्षमता पुरुष सरह समान भयपनि महिलाकाे कार्क्षमतालाई अबमुल्यन गर्ने र सहजरुपमा स्वीकार गर्न नसक्ने परम्परागत साेच हाबि रहेकाे बताएका थिए । कार्यक्रममा युनिसेफका राकेश मल्लिक लगायतकाे सहभागिता थियाे ।बैठकमा लुम्बिनी प्रदेशका ८ जिल्लाका खानेपानी सस्थामा आबद्ध महिलाहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सचालन मन्त्रालयका ईन्जिनियर बिधान अर्यालले गर्नु भयकाे थियाे ।
लुम्बिनी प्रदेश स्तरीय महिला सजाल गठन
खानेपानी सरसफाइ तथा स्वच्छताका लागि लुम्बिनी प्रदेश स्तरिय महिला सजाल तदर्थ समिति गठन गरिएकाे छ । लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका देउखुरीमा आईतबार आयाेजित महिलाहरुकाे भेलाले बाँके शम्सेरगज खानेपानी उपभाेक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष भगवती अधिकारीकाे अध्यक्षतामा प्रदेशका प्रत्यक जिल्लाबाट एक जना सदस्य रहने गरि १३ सदस्यीय तदर्थ समिति गठन गरिएकाे हाे ।

