कृष्ण चौधरी/ बाँके शनिबार, चैत्र २५, २०७९

बाँके । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ बाँकेले संगठन विस्तार तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम गरेको छ ।

क्षेत्रीय सभापति पोषणराज केसीको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता एवम् प्रदेश सदस्य टेकनारायण भुसाल र अञ्जना पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका जिल्ला उपसभापति कृष्ण कार्की,चिन्तामणि धिताल,प्रदेश सभा १ ख का सभापति बलराम शर्मा,काङ्ग्रेस नेताहरु अम्मर बुढाथोकी, भानुभक्त भट्टराई,बिरेन्द्रकुमार शाह, भिमबहादुर रानाक्षेत्री, संगिता चौधरी,रामचन्द्र मौर्य, तुलसीराम थारु लगायत अतिथीको सहभागिता रहेको थियो ।

त्यस्तै क्षेत्रीय कार्यसमितिबाट विस्तारित शाखाहरुमा १० सदस्यीय प्रशिक्षण विभाग, १५ सदस्यीय सूचना तथा सञ्चार शाखा, १५ सदस्यीय अभिलेख ब्यवस्थापन शाखा, १५ सदस्यीय तरुण विभाग शाखा, १५ सदस्यीय महिला शाखा, १५ सदस्यीय थारु जाती समन्वय शाखा, ७ सदस्यीय अन्य पार्टी समन्वय शाखा, १३ सदस्यीय उद्योग वाणिज्य तथा ब्यापार शाखा, १५ सदस्यीय कृषि तथा किसान समन्वय शाखा र १५ सदस्यीय स्थानीय तह समन्वय शाखा रहेको छ ।

यस्तै क्षेत्रीय कार्यसमितिले विभिन्न ब्यक्तीलाई सल्लाहकार समिति र आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । क्षेत्रीय प्रवक्ता तुलाराम खत्रीले दिएको जानकारी अनुसार नारायणप्रसाद गौडेल, नरबहादुर मल्ल, कृष्ण पौडेल, रामचन्द्र मौर्य, नारायण सिग्देल, तप्त पौडेल, तुलसीराम थारु, भानु भक्त भट्टराई, खेमप्रसाद दाहाल, रामलौटन यादव र गुट्टु थारुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको छ । यसैगरी प्रेमबहादुर ओली, धर्मराज शाही, गंगा सापकोटा, बालकुमारी सापकोटा, रामकिसुन थारु र पानबहादुर ओलीलाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]