दिनेश रैदाश शुक्रबार, चैत्र २४, २०७९

दाङ । राष्ट्रिय जनमोर्चा का कार्यकारी अध्यक्ष रस्मिराज नेपाली ले २०४६ चैत्र २४ को जनआन्दोलनको महत्त्व अहिले पनि रहेको कुरा बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको आयोजनामा लमहिमा भएको जनआन्दोलन दिबसको कार्यक्रम लाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । प्रतिगमन विरुद्ध संघर्श गरौ,गणतन्त्रको रक्षा गरौ,संघीयताको खारेज गरौ भन्ने नाराका साथ भएको कार्यक्रम लाई सम्बोधन गर्दै उहाले अगाडी भन्नू भयो अहिले पनि प्रतिगमन को खतरा छ ।

राष्ट्रियता कमजोर भएको छ । राजाबादी र साम्राज्यवादीहरु देशलाइ पछाडी धकेल्ने प्रयत्न गर्दैछ्न । २०६२/०६३ को जनआन्दोलन का उपलब्धिका विरुद्ध आबाज उठिरहेकाछ्न । त्यसैले अहिले पनि जनआन्दोलनको महत्त्वमा कमि आएको छैन । उहाले अर्को प्रसङ्गमा देशमा सरकारमा बस्ने दलहरु देस र जनता प्रती जिम्मेवार नबन्दा देसको अबस्था सधै कमजोर हुने गरेको कुरा बताउनु भयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरी का अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेम आचार्य,अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रिय सदस्य दलबहादुर घर्ती,अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला अध्यक्ष हरी थापा,अखिल नेपाल युबक संघ का जिल्ला उपाध्यक्ष लेखराज आचार्य,अखिल नेपाल शिक्षक संघ का जिल्ला अध्यक्ष रुमाल बसेल ले मन्तव्य राख्नु भएको थियोे । जिल्ला सदस्य ठाकुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण जिल्ला सचिब बसन्त पौडेल ले गर्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]