भानु जोशी/लमही शुक्रबार, चैत्र २४, २०७९

दाङ । सामुहिक रुपमा एकिकृत समाजवादी परित्याग गरेका नेताहरु सामुहिक रुपमै नेकपा एमाले मुल घरमा फर्किएका छन् ।

नेकपा एमालेका केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरु विहिवार एमालेमा फर्किएका हुन । एकिकृत समाजवादीकी केन्द्रिय परिसद सदस्य मिना गुरुङ्ग, मेटमणी चौधरीका प्रमुख स्वकिय सचिव भुमाण्डव केसी, स्वकिय सचिव गौरवसिंह महरा, समाजवादी पार्टीका नेता सिता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई एमालेमा फर्किएका छन् ।

नेकपा एमाले दाङका ईञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य चेतनारायण आचार्य, केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतका नेताहरुले एमालेमा स्वागत गरेका हुन ।

एकिकृत समाजवादी भित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वयच्छाचारी प्रवृत्ति मौलाउदै गएको र पार्टीको माध्यमबाट नेपाली कम्यूनिष्ट आन्दोलनको शुद्धिकरण हुन नसक्ने ठहर गर्दै चैत ४ गते पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका थिए । ‘एकिकृत समाजवादी पार्टीको भविस्य छैन् । कुनै पार्टीमा विलय हुन्छ या यसै सकिन्छ’ एमालेमा फर्किदै युवा नेता भुमाण्डव केसीले भने,‘समय परिवर्तनसिशल छ । त्यसैले विचारमा पनि परिवर्तन आउन जरुरी छ । हामी हाम्रो पुरानै घरमा फर्कियौं ।

त्यस्तै यहाँबाटै नेपाली जनताको न्याय, समानता र मुक्तिको संघर्षमा अघि बढ्छौं ।’ मुल घरमा फर्किएकाहरुलाई उचित जिम्मेवारी दिइने पार्टी सचिव मनोहर बुढाथोकीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]