
Dbc
Sdc
Amb


दाङ । आगलागीबाट सर्बस्व गुमाएकी अग्नि पीडित चौधरीलाई कप्तानगन्ज बासिले सहयोग जुटाएर हस्तान्तरण गरेका छन् ।
बर्दिया जिल्ला घर भई हाल लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा टेलर ब्यबसाय गर्दै आउनु भएकी गिता चौधरीको आईतबार टेलरमा आगलागी भएको थियो ।
सरिरका कपडा बाहेक सबै गुमाउन पुगेका पीडित गिताको परिवारलाई भित्रि कप्तानगञ्ज टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर बुढाथोकीको अगुवाईमा नगद ६ हजार,आठ सय,पाँच रुपैया,४ बोरा चामल,दाल,आलु,नुन, तेल,बेसार गरि ३ बोरा संकलन भएको उक्त नगद र खाद्यान्न सहयोग हस्तान्त्रण गरिएको हो ।
त्यस्तै टोल विकास संस्थाका अध्यक्ष कर्णबहादुर बुढाथोकीले अन्य सम्बन्धित सरोकारवाला निकायलाई आगलागीबाट पीडित भएकी चौधरीको लागि सक्दो सहयोग गर्न अपिल गर्नु भएको छ ।
