Sidha Patra सोमबार, चैत्र २०, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला राप्ती नदी घाटमा मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ । राजपुर गाउँपालिकाले टेण्डर प्रक्रियाबाट उत्खनन कार्य गराएको भएपनि अहिले उक्त स्थानमा व्यापक मापदण्ड विपरीत उत्खनन भएको पाइएको हो ।टेन्डरको मापदण्ड अनुसार ४ सय ५० मिटर लम्बाई,५० मिटर चौडाइ ८० सेन्टी मिटर गहिराईबाट २२ हजार ५ सय घण मिटर मात्र उत्खनन गर्नुपर्ने भएपनि अहिले उक्त स्थानबाट अन्दाजी २ सयदेखि २ सय ५० मिटर लम्बाई,७० देखि ८० मिटर चौडाई,साढे २ मिटरदेखि ३ मिटरसम्म गहिराई बनाएर ३ वटा जेसीविको प्रयोगबाट ७०,८० वटा ट्याक्टरले प्रत्येक दिन बालुवा डम्पिङ कार्य गर्ने गरेको र परिणाम हेर्दा २२ हजार ५ सय घणमिटर भन्दा दोब्बर उत्खनन भएको पाइएको छ ।टेन्डरको मापदण्डमा ४ किल्ला तोकि बोर्ड राख्नुपर्ने र राजपुर गाउँपालिकाको टेन्डर भएको हुँदा राजपुरमै डम्पिङगरि राख्नु पर्नेमा सो कार्य नगरि लमही नगरपालिका क्षेत्र भित्रमा रहेका क्रसर उद्योगको छेउमा डम्पिङ गरेको पाइएको छ । यसैगरी मापदण्ड विपरीत उत्खनन गरिएको बालुवालाइ आधा डम्पिङ गर्ने र आधा क्रसरमा पठाउने गरेको व्यापक जनगुनासो आएपछि सोमबार राजपुर गाउँपालिका भित्रका राजनीति दलका नेता तथा कार्यकर्ताले उक्त स्थानमा अनुगमन गर्न पुगेका हुन् ।त्यस्तै उक्त स्थानको अनुगमन पस्च्यात राजपुर गाउँपालिका सम्बद्ध राजनीति दलहरुको बैठकको सर्वदलीय निर्णय अनुसार चैत २१ गते मंगलबार भोलि राजपुर गाउँपालिकामा ज्ञापन पत्र बुझाउने र अवैध ढंगबाट भइरहेको उत्खनन नरोकिएमा चरणबद्ध संघर्षका कार्यक्रम गर्ने निर्माण भएको नेकपा एमाले राजपुर गाउँकमिटीका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिनु भयो । यस्तै उक्त स्थानको अनुगमनपछि नेकपा एमाले राजपुर गाउँपालिका कमिटिका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका ईञ्चार्ज चक्रबहादुर खड्का (शिखर), राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष ऋषिराम घिमिरे, जनमत पार्टीका सचिव गयाप्रसाद यादव, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष राजकुमार विश्वकर्मा, नेकपा एमालेका जिल्ला सल्लाहकार गोविन्द विक, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामफकिरे रैदास, माओवादी केन्द्र वडा नं. २ का ईञ्चार्ज दुर्गाप्रसाद शर्मा(गोपाल), नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका सचिव अम्मरराज गिरी लगायतको उपस्थिती रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]