
ksbl-7
Msbg-2
Usbl-7
Jsbr-3
Rksr-7
Gsbr-6
Jsbg-7
Gsbg-3
Pbu
Csbg-7


काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ । सोमबार बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
नेकपा एसको पोलिटब्युरो सदस्य चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । त्यस्तै प्रमुख सचेतकमा चयन भएपछि चौधरीले आफ्नो फेसबुक वालबाट आफ्नो पार्टी भित्रका सम्पूर्ण नेता तथा कार्यकर्ता,सांसदहरुलाई हार्दिक धन्यवाद समेत दिनु भएको छ ।
