
Rgp
Ggp
Sgr
Lnp
Unsku
Pbu
Rgp1
pku
Srbpu

Ggd
Ssm
Tsm
Ksm
Pvg
nsb
Asm
Rgu
Wsp
Hal
Rgs
Sbs
Bbbpu
Vor
Sls
Rsb
Bbu
Gst
Rgu

Abd
Rmb
bbt
Syp
Jmb
Gsb
Pls
Mks
Ptm
sab
Jmb
Rpp
Bml
धनगढी । कञ्चनपुर प्रहरीले स्कारपियो सहित २१ बेवारिसे सवारीसाधन आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक थान स्कारपियो गाडी सहित २१ थान सवारी साधन बेवारिसे अवस्थामा फेला पारेको हो।
त्यस्तै ती सबै सवारी साधन प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । आइतवार वडा प्रहरी कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा ठुलो संख्यामा सवारी साधन फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरीको गस्ती टोलीले एक स्कारपियो, दुई वटा सुजुकी कार, १७ वटा मोटरसाइकल र एक थान स्कुटर बरामत गरेको हो।
यस्तै प्रहरीले अन्दाजी २० लाख ६८ हजार मूल्य बराबरका सवारी साधन बरामत भएको बताएको छ। बरामद गरिएका सबै सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
