श्रवण बस्नेत सोमबार, आश्विन १२, २०७७

आश्विन १२ गते-सोमबार,दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल जाने पुरानो अमर हाेटलमा एक वटा नयाँ सहकारीले एकै छाता मुनि ३ वटा सेवा दिन सुरु गरेकाे छ ।संस्थाले डेरी पसल,अाैषघि पसल र एग्रो भेट पसल गरि तीन वटा सेवा दिन थालेको छ । जखेरा गाउँका केही युवाहरुकाे ३ लाखकाे लगानी साे कार्य सुरु गरेका हुन् ।

जसमा केही वडाका जनप्रतिनिधिहरुकाे पनि लगानी रहेको छ । सहिद स्मृति सहकारी सस्था लि लमहि ३ दाङ नामाकरण दिएकाे सहकारी का अध्यक्ष लाेकमणि बन्जाडेले जानकारी दिनु भयाे । दाङ जिल्लामै यस्ताे सहकारीले गरेकाे पहिलाे कार्य हाे । हुन त अन्य सहकारीहरुले बचत संकलन,ऋण लगानी,असुली,डेरि परियाेजना संचालनमा ल्याए पनि अाैषधि पसल र एग्रो भेट भने अहिले सम्म नगरेकाे सस्थाका अध्यक्ष बन्जाडेले बताउनु भयो ।लमहि २ ,३ र ४ वडा कार्य क्षेत्र रहेकाे सस्थाले परिक्षण कार्य तीन दिन अघि देखि सुरु गरिसके काे छ ।

उक्त भेगका स्थानीयबासिहरुकाे मागलाई मध्यनजर गरि सेवा सुरु गरिएको हाे । सेवा सुरु भए पछि उक्त भेगका स्थानीयले राहतकाे महशुस गरि खुसिले गद-गद भएका छन । उक्त भेगका कुनै सहकारी थिएन । लमही १ सुन्डबरि,काैडिया र वडा नम्बर ५ लमही बजारमा मात्रै सहकारी रहेका छन ।

उनिहरुले किसानहरुका लागि मलखाद अनि बचत संचालन बाहेर अरु कार्य गर्न सकेका छैनन् । नयाँ खाेलिएकाे सहकारीले मलखाद लगायतका अन्य सेवा पनि दिने भएको छ । काेरना संक्रमित बढेकाले अहिले अाैपचारिक कुनै पनि कार्यक्रम तत्कालै नगरेर पनि,पछि केही सामय भए पछि बृहत रुपमा सहकारीको उद्घाटन गरिने याेजना पनि सहकार्यको रहेकाे छ । उक्त भेगका स्थानीयहरु माथिको दुईवटा सेवा लिन २ सय बढि रुपैयाँ खर्च गरेर लमही बजार अाउने पर्ने बाध्यता रहेकाे थियाे । अहिले उक्त समस्या समाधान भएको संस्थाका अध्यक्ष बन्जाडेले बताउनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]